कोलकाताका कतिपय स्कूलहरूलाई बमले उड़ाउने धम्की, जाँचमा जुट्यो पुलिस

1_87_1712592704631.webp

कोलकाता: कोलकाताका कतिपय स्कूलहरूलाई बमले उड़ाउने धम्की दिइएको छ। दाबी गरिँदैछ, यो धम्की स्कूल अधिकारीहरूलाई मेल मार्फत हात लागेको छ। पुलिस सूत्र अनुसार पुलिसले स्थितिमाथि निगरानी गरिरहेको छ।ई-मेलको जाँच गरिँदैछ। यद्यपि पुलिसले अहिलेसम्म यस सम्बन्धमा आधिकारिकक रूपमा कुनै जानकारी साझा गरेको छैन।सोशल मीडियामा प्रसारित एक स्क्रीनशटबाट थाहा लाग्छ, ह्याप्पीहटडग १०१ नामक एक ई-मेल आईडीबाट राज्य्का विभिन्न स्कूलहरूलाई धम्कीपूर्ण पत्र पठाइको छ। धम्कीपूर्ण मेल प्राप्त गर्ने स्कूलहरूको संख्या कति छ र यी स्कूलहरू कुन-कुन जिल्लाहरूमा पर्दछन् अहिलेसम्म कुनै स्पष्टिकरण दिइएको छैन। यद्यपि सूत्र मार्फत थाहा लागे अनुसार कोलकाता अतिरिक्त सिलगढ़ीका कतिपय स्कूलहरूलाई पनि यो ई-मेल प्राप्त भएको छ।
कोलकाताको अभिनव भारती स्कूलकी प्रिन्सिपल श्रावणी सामन्तले धम्कीपूर्ण पत्र प्राप्त भएको कुरा स्वीकार गरेकी छन्। उनले बताइन्, ईमेलमा स्कूललाई बमले उड़ाउने धम्की दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement