कोलकाताका कतिपय स्कूलहरूलाई बमले उड़ाउने धम्की, जाँचमा जुट्यो पुलिस

1_87_1712592704631.webp

कोलकाता: कोलकाताका कतिपय स्कूलहरूलाई बमले उड़ाउने धम्की दिइएको छ। दाबी गरिँदैछ, यो धम्की स्कूल अधिकारीहरूलाई मेल मार्फत हात लागेको छ। पुलिस सूत्र अनुसार पुलिसले स्थितिमाथि निगरानी गरिरहेको छ।ई-मेलको जाँच गरिँदैछ। यद्यपि पुलिसले अहिलेसम्म यस सम्बन्धमा आधिकारिकक रूपमा कुनै जानकारी साझा गरेको छैन।सोशल मीडियामा प्रसारित एक स्क्रीनशटबाट थाहा लाग्छ, ह्याप्पीहटडग १०१ नामक एक ई-मेल आईडीबाट राज्य्का विभिन्न स्कूलहरूलाई धम्कीपूर्ण पत्र पठाइको छ। धम्कीपूर्ण मेल प्राप्त गर्ने स्कूलहरूको संख्या कति छ र यी स्कूलहरू कुन-कुन जिल्लाहरूमा पर्दछन् अहिलेसम्म कुनै स्पष्टिकरण दिइएको छैन। यद्यपि सूत्र मार्फत थाहा लागे अनुसार कोलकाता अतिरिक्त सिलगढ़ीका कतिपय स्कूलहरूलाई पनि यो ई-मेल प्राप्त भएको छ।
कोलकाताको अभिनव भारती स्कूलकी प्रिन्सिपल श्रावणी सामन्तले धम्कीपूर्ण पत्र प्राप्त भएको कुरा स्वीकार गरेकी छन्। उनले बताइन्, ईमेलमा स्कूललाई बमले उड़ाउने धम्की दिइएको छ।

About Author

Advertisement