‘मोदीको ग्यारेन्टी’ भनेको ४ जुन पछि विपक्षी नेताहरूलाई जेलमा हाल्नु: मुख्यमन्त्री ममता ब्यानर्जी

मुख्यमन्त्री ममता ब्यानर्जीl फाइल फोटो

काेलकाता: प्रधानमन्त्री नरेन्द्र मोदीले ४ जून पछि भ्रष्टचारहरू विरुद्ध कारबाही गर्ने वाचाको अर्थ लोकसभा चुनाव पछि विपक्षी नेताहरूलाई जेलमा हाल्ने भन्दै मुख्यमन्त्री ममता ब्यानर्जीले सोमबार बताएकी छिन्। १९ अप्रेलदेखि १ जूनसम्म भएको सात चरणको लोकसभा चुनावको परिणाम ४ जूनमा घोषणा हुनेछ। बांकुरामा एक र्‍यालीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) पूर्व मेदिनीपुर जिल्लाको भूपतिनगरमा स्थानीय पुलिसलाई जानकारी नगरी गएको थियोl’

उनले भनिन्, ‘प्रधानमन्त्री चुनावी सभालाई सम्बोधन गर्न पश्चिम बंगाल आउँदै छन्, यसमा मलाई कुनै अप्ठ्यारो छैन, तर जसरी उनी लोकसभा चुनावको परिणाम आएपछि भ्रष्टाचारमा विपक्षीलाई कडा कारबाही गरिने भनाइ राखेका छन्, त्यो अस्वीकार्य होl’ आइतबार जलपाईगढीमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले, ‘हामी \’भ्रष्टाचार हटाऊ’ भन्छौं, विपक्षीले ‘भ्रष्टलाई बचाऊ’ भन्छन्l’ ४ जूनपछि भ्रष्टाचारीहरू विरुद्ध थप कडा कारबाही गर्ने वाचा गरेका थिए। मुख्यमन्त्रीले भनिन्, ‘प्रधानमन्त्रीले यस्तो बोल्नुपर्छ? चुनावपछि भाजपाका नेताहरूलाई जेल हाल्छु भनेँ भने के हुन्छ? तर लोकतन्त्रमा यो स्वीकार्य नहुने भएकाले म त्यसो भन्दिनँl यो वास्तवमा ‘मोदीको ग्यारेन्टी’ हो ४ जूनपछि सबै विपक्षी नेताहरूलाई जेल हाल्छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *