भागोप्रमोको सभा र प्रशाखा गठन

IMG-20240408-WA0184.jpg

खरसाङ: भागोप्रमो तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको बाह्र नम्बर गाउँमा चुनावी सभा साथै प्रशाखा गठन गरिएको छ। भागोप्रमो प्रशाखा गठन गर्नलाई एक सभा सम्पन्न भएको छ। उक्त सभा सिविटार बुथ कमिटीको सचिव हेमराज छेत्रीको अध्यक्षता र ग्राम पञ्चायत सदस्य राजीव तामाङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा पञ्चायत समिति सदस्य एंव भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति कुसाङ लामाको विशेष उपस्थिति रहेको थियो। सभामा १२ नम्बर गाउँमा भागोप्रमोको प्रशाखा गठन गरिएको छ। उक्त प्रशाखा कमिटीमा सभापति नवराज छेत्री, उप सभापति प्रकाश छेत्री र टिकाराम छेत्री, सचिव अनिल सुब्बा।

सह सचिव सञ्जीव छेत्री, कोषाध्यक्ष प्रवास छेत्री, सल्लाहकारमा रोशनी दर्जी, शर्मिला दर्जी, सविता छेत्री, दिपेस छेत्री, सुवास छेत्री लगायत कार्यकारी सदस्यहरू चयन गरिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति एंव पञ्चायत समिति सदस्य कुसाङ तामाङले विस्तृत रूपमा बताएका छन्।

About Author

Advertisement