पाकिम: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति गत ५ अप्रेलदेखि घरबाट मतदान गर्ने प्रक्रिया शुरू भएको छ। उक्त सुविधा केवल वरिष्ठ नागरिक र शारिरिकरूपमा असक्षम व्यक्तिहरूको निम्ति मात्र रहेको छ। यसै क्रममा आज पाकिम जिल्लाबाट पहिलो चरणमा ८५ वर्ष भन्दा अधिक उमेर भएका र चालिस प्रतिशत शारिरिकरूपमा असक्षम व्यक्तिहरू मध्ये ३१७ जनाले मतदान गरे। घरबाट मतदान गर्नसक्ने नियम यस वर्षदेखि भारतीय चुनाउ आयोगले शुरू गरेको हो। मतदान गराउने क्रममा सेक्टर अफिसर, पुलिस वलस एसिस्टेन्ट रिटर्निङ अधिकारीहरू पोस्टल व्यालेट बक्स लिएर उनहरूको घर घरमा पुग्दै मतदान गराउँदै आइरहेको छन्। मतदान सकेपछि उक्त व्यालेट बक्स स्ट्रङरूममा सुरक्षित राखिने छ जहाँ चारैतिर सीसी क्यामेरा जडान गर्नको साथै एसएसबी, एसएपी र आइआरबी जवानहरू दिनरात तैनाथ रहनेछन्। घरबाट मतदान गर्ने प्रक्रिया आगामी १६ अप्रेलसम्म निरन्तर रहनेछ।