फूटसल गोल्ड कपमा गोर्खा सेभेन च्याम्पियन

IMG-20240408-WA0160.jpg

८ अप्रेलः सिलगढ़ी युनाइटेड फूटबल क्लबको तत्त्वावधानमा आयोजित फूटसल गोल्ड कप २०२४-मा गोर्खा सेभेन च्याम्पियन भयो। टुर्नामेण्टको आयोजन ६ र ७ अप्रेलमा सिलगढ़ी नजिक मेथीबारी स्थित डीडी फूटसल एरेनामा भयो। टुर्नामेण्टको ओपर वर्गको फाइनलमा गोर्खा सेभेनले रियल स्टार, नेपाललाई ७-०-ले पराजित गऱ्यो।

ओपन वर्गमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। गोर्खा सेभेनका बिशाल छेत्रीले प्लेयर अव् द म्याचको पुरस्कार जिते। ट्रफी दिव्या दीया प्रधानकी स्मृतिमा मिलन प्रधान र लाक्पा डिकी तामाङले डोनेट गरेका थिए। यसरी भेटरन्स वर्गमा सेण्ट मेरीज भेटरन्स, खरसाङ च्याम्पियन भयो। फाइनलमा सेण्ट मेरीज भेटरन्सले सबली भेटरन्स, सालबारीलाई पराजित गऱ्यो। जिग्मी भूटियाले प्लेयर अव् द म्याच, जेनेसिस लेप्चाले प्लेयर अव् द टुर्नामेण्ट र हेलेमन राईले बेस्ट गोलकीपरको पुरस्कार जिते।

यसबाहेक अण्डर-१५ वर्गको फाइनलमा युनाइटेड सिक्किम फूटबल एकाडमीले माउण्ट जिओन बोर्डिंग स्कूललाई पराजित गऱ्यो। माउण्ट जिओन बोर्डिंग स्कूलका आभास छेत्रीले प्लेयर अव् द म्याच र अनिश छेत्रीले बेस्ट गोलकीपरको पुरस्कार जिते। आयोजक सिलगढ़ी युनाइटेड फूटबल क्लबका प्रमुख अनिमेश लामाले बताएअनुसार, आइतवार टुर्नामेण्टको अन्तिम दिन हालै सम्पन्न इण्डियन वूमन्स लीग (आईडब्ल्यूएल)-मा तेस्रो स्थानमा रहने किकस्टार्ट एफसी-की फूटबलर सुश्मिता लेप्चा र नौ वर्षीय प्रतिभाशाली टेनिस खेलाड़ी एवाना अरोड़ालाई सम्बर्द्धना जनाइयो।

यस अवसरमा सिलगढ़ी युनाइटेड एफसी-को नयाँ सीजनको जर्सी पनि अनावरण गरियो। यसरी क्लबले डीडी एरेनामा आफ्नो फूटबल एकाडमी शुरु गरेको घोषणा पनि गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement