खरसाङमा गोपाल लामाको पक्षमा हिल तृणमूल र भागोप्रमोद्वारा पोस्टरिङ

IMG-20240408-WA0169.jpg

खरसाङ: खरसाङ बजारमा आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई जिताउन भागोप्रमोका युवा शक्ति र हिल तृणमूल कांग्रेसक संयुक्त आयोजनामा पोस्टरिङ गरिएको छ। लोकसभा चुनावको प्रार्थी गोपाल लामाको पक्षमा हिल तृणमूल कांग्रेस र भागोप्रमोद्वारा संयुक्त रूपमा खरसाङ बजारको विभिन्न स्थानहरूमा पोस्टरिङ गरेका छन्। उक्त पोस्टरिङ कार्यमा हिल तृणमूल कंग्रेसको पदाधिकारीहरू र भागोप्रमोका पदाधिकारीहरू उपस्थित रहेका थिए। उक्त पोष्टरिङ विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङले आज खरसाङ बजारमा हिल तृणमूल कांग्रेस र भागोप्रमो मिलेर संयुक्त रुपमा पोस्टरिङ गरेको बताएका छन्। उनले लोकसभाको प्रार्थी गोपाल लामालाई जिताउन सम्पूर्ण जनतालाई आह्वान् पनि गरेका छन्। त्यसरी नै हिल तृणमूल कंग्रेसको तर्फबाट सन्तोष मोक्तानले पत्रकारहरूलाई सम्बोधन गर्दै तृणमूल प्रार्थी गोपाल लामालाई जिताउन आह्वान् गरेका छन्।

About Author

Advertisement