इण्डिपेण्डेन्स शील्डः सिलगढ़ी युनाइटेडको रोमाञ्चक जीत

IMG_20220804_201643.jpg

४ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आजदेखि प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्ट शुरु भयो। मेला ग्राउण्डमा बिहीवार भएको उद्घाटन म्याचमा सिलगढ़ी युनाइडेड एफसी-ले असाधारण पुनरागमन गर्दै युनाइटेड ब्रदर्सलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। म्याचमा एक समय युनाइटेड ब्रदर्सको टीम २ गोलले अघि रहेको थियो तर मध्यान्तरपछि सिलगढ़ी युनाइटेडले असाधारण पुनरागमन गर्दै २ गोल सुलायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement