गान्तोक। भारत स्वाधीनताको ७५ वर्षको पुनित अवसरमा देशले पालन गरिरहेको ” आजादीका अमृत महोत्सवमा” ‘ हर घर तिरंगा ‘ को नारा लिएर सिक्किममा देखिएको उत्साह देशमै एउटा अलग उदाहरण बनेर गएको छ। अहिले सिक्किमका सबै गाउँभित्रका घरहरूमा तिरंगा फहराउने पहल शुरु गरिएको छ। सभाहरु भैरहेछन यसै सन्दर्भमा आज २० छुजाचेन समष्टिको रिगु खण्ड विकास कार्यलयमा “आजादीका अमृत महोत्सवमा” अन्तर्गत एक भव्य कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि पूर्व जिल्ला अध्यक्ष श्री शमशेर बख्खिम उपस्थित रहेका थिए भने यस अवधि एसकेएम पार्टी उपाध्यक्ष तथा समष्टि प्रभारी श्री डम्बर कुमार प्रधान, ओ बी सी कल्याण बोर्ड अध्यक्ष श्री निर्पत गुरुङ, महकुमा अधिकारी रंगेली श्री डी एस लिम्बु, खण्ड विकास अधिकारी रिगु श्री सावन राज ढकाल, रंगेली प्रहरी निरीक्षक श्री टाशी छोपल भुटिया, संयुक्त निर्देशक शिक्षा विभाग श्री कुमार प्रधान, खण्ड परियोजना प्रबन्धक श्री दिपेन्द्र शर्मा, उप निर्देशक श्री अनिल गिरी, छुजाचेन समष्टि स्तरीय समितीका उपाध्यक्ष श्री बी बी छेत्री, महासचिव श्री सन्तोष पौड्याल, समन्वयक श्री प्रेम लेप्चा, पूर्व जिल्ला सामाजीक संजाल समन्वयक श्री सत्तल गुरुङ, स्वाथ्य शिक्षा अधिकारी श्री आई. के छेत्री, जिल्ला पंचायतगण,पंचायत सभापति अनि सदस्यगण, खण्ड विकास कार्यलयका कर्मचारीवर्ग, विद्यार्थीवर्ग पार्टीका सक्रिय कार्यकर्ताहरु अनि अन्यको उत्साहजनक सहभागिता रहेको थियो।

खण्ड विकास कार्यलयको प्राण्गनमा तिरंगा उत्तोलन गरि राष्ट्रगान गाएर कार्यक्रम श्रीगणेश गरिए पछि रहल कार्यक्रम कार्यलयको प्रेक्षागृहमा आयोजीत गरिएको थियो भने प्रमुख अतिथि अनि विशिष्ट व्यक्तित्वहरूको बाहुलीबाट दिप प्रज्वलन गरेपछि खण्ड विकास अधिकारीले सबैलाई खदा अर्पण गरि स्वागत जनाएका थिए।
विभिन्न रंगा-रंग कार्यक्रमहरु पनि यसै कार्यक्रम प्रस्तुत गरिएको थियो।
यसै कार्यक्रम बिच प्रमुख अतिथि अनि विशिष्ट व्यक्तित्वहरूको बाहुलीबाट पंचायत सभापतिहरुलाई तीरंगा अथवा राष्ट्र झण्डा पनि प्रदान गरेर ‘हर घर तिरंगा’ अभियानलाई सफल तुल्याउने पहल सफल बनाउने आग्रह गरे।
कार्यक्रममा थुप्रै विशिष्ट व्यक्तित्वहरूले आफ्नो सम्बोधन राखेका थिए भने अन्त प्रमुख अतिथि पूर्व जिल्ला अध्यक्ष श्री शमशेर बख्खिमले आफ्नो सम्बोधन राखेका थिए आफ्नो सम्बोधनको क्रममा वहाँले यसरी यो “आजादीका अमृत महोत्सव” कार्यक्रम भव्य रुपमा आयोजन गरेकोमा रिगु खण्ड विकास अधिकारी साथै वहाँका सम्पूर्ण टोलीलाई धन्यवाद दिदै ‘हर घर तिरंगा’अभियानको विस्तृत जानकारी उपस्थित महानुभाव माझ साझा गरेका थिए।











