कांग्रेसद्वारा प्रधानमन्त्री मोदीविरुद्ध उजुरी दायर

Congress-Menifesto-release-1.jpg-1

नयाँ दिल्ली: कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पार्टीको घोषणापत्रलाई मुस्लिम लिगसँग तुलना गरेकोमा उजुरी दायर गरेको छ। ६ अप्रेलमा राजस्थानको अजमेरमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो टिप्पणी गरेका थिए। उनले कांग्रेसको घोषणापत्रलाई ‘झुटको बन्डल’ भनेर वर्णन गर्दै यसको प्रत्येक पानामा ‘भारत टुक्राउने गन्ध’ आएको बताए। प्रधानमन्त्री मोदीले भने, ‘मुस्लिम लिगको छाप बोकेको यो घोषणापत्रमा जे बाँकी थियो, त्यो वामपन्थीले कब्जा गरेको छ। आज कांग्रेससँग न त सिद्धान्त छ न नीति नै। कांग्रेसले सबै कुरा ठेक्कामा दिएर पूरै पार्टीलाई आउटसोर्स गरिदिएको जस्तो देखिन्छl’

प्रधानमन्त्रीको भनाइप्रति कांग्रेसले कडा प्रतिक्रिया दिँदै लोकसभा चुनावमा भाजपाले १८० सिटको संख्या पार गर्ने सम्भावना देखेर डराएको भन्दै फेरि उही ‘चिन्तित हिन्दू-मुस्लिम लिपि’को सहारा लिएको बताएको छ। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भाजपालाई यसरी आरोप लगाए, उनीहरूको ‘वैचारिक पूर्खाहरूले’ स्वाधीनता संग्राममा भारतीयहरू विरुद्ध ब्रिटिश र मुस्लिम लीगलाई गरेका थिएl सोशल मिडिया प्लेटफर्म एक्स मा खड्गेले भने, ‘मोदी र शाहका राजनीतिक र वैचारिक पुर्खाहरूले स्वाधीनता संग्राममा भारतीयहरू विरुद्ध ब्रिटिश र मुस्लिम लीगलाई समर्थन गरेका थिए।’ उनले भने, ‘आज पनि ‘कांग्रेसको  न्याय पत्र’ विरुद्ध उनीहरू मुस्लिम लीगलाई आह्वान गरिरहेका छन्, जसलाई आम भारतीयहरू आकांक्षाहरू, आवश्यकताहरू र मागहरूअनुसार आकार दिएको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement