सिक्ताममा एसकएमको जनभेला

IMG-20240407-WA0204.jpg

गेजिङ: दरामदिन समष्टि अन्तर्गत तिक्पूर-सिक्ताम जीपीयूमा एसकेएम पार्टीको ब्लक स्तरीय चुनावी सभा सम्पन्न भयो। यस सभामा निवर्तमान विधायक एवं एसकेएम पार्टीका दरमदिन क्षेत्र उम्मेदवार एमएन शेर्पाले अध्यक्षता गरेका थिए। उम्मेदवार शेर्पाले दोदक ब्लकबाट आफ्नो चुनावी प्रचार अभियान शुरु गरेका हुन्। आजको सभामा तिक्पूर-सिक्ताम जीपीयू र साप्रिनागी जीपीयूबाट लगभग ११ परिवारले विपक्षी पार्टी एसडीएफ अनि सिटिजन एक्सन पार्टी त्यागेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्। उनीहरूलाई दरमदिन समष्टिका निवर्तमान विधायक एवं विधानसभा उम्मेदवार एमएन शेर्पाले पार्टीमा आधिकारिक रूपमा स्वागत जनाए। चुनावी सभालाई सम्बोधन गर्दै दरामदिन समष्टिका एसकेएम पार्थी शेर्पाले पाँच वर्षको कार्यकालमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले क्षेत्रमा गरेको विभिन्न विकासीय कामहरूबारे जनसाधारणलाई अवगत गराए। योसँगै फेरि एसकेएम पार्टीको सरकार गठन गरेर चोड़ीएका परिवारलाई विभिन्न योजनामार्फत लाभन्वित बनाउने जानकारी गराए। यसरीनै अन्य रहेका बेरोजगार युवाहरूलाई पनि छानबीन गरेर नौकरी प्रदान गर्ने बताए। पार्टी अध्यक्ष प्रेमसिंह तामाङको समृद्ध अनि सुनौलो सिक्किम निर्माण गर्ने अभियानमा सबैले टेबल ल्याम्पको चिह्नमा भोट हालेर आफ्नो जिम्मेवारी वहन गर्ने पनि उनले आग्रह गरे। सिक्किम विधानसभासँगै लोकसभा चुनाव पनि भएकोले एसकेएम पार्टीका लोकसभा उम्मेदवार इन्द्रहाङ लिम्बूलाई टेबल ल्याम्पको चिह्नमा भोट हालेर विजयी बनाउने शेर्पाले सबै जनतालाई अपिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement