आधुनिक र समर्थ नयाँ भारतले अब आफै हतियार बनाइरहेछ: राजनाथ सिंह

Rajnath_Singh_1641811508427_1641811508867.webp

बीकानेर(राजस्थान): रक्षा मन्त्री राजनाथ सिंहले कांग्रेसको राजमा देशलाई विदेशहरूबाट हतियार किन्नुपर्थ्यो तर यो नयाँ भारत हो, जहाँ देशले आफै हतियार बनाइरहेछ भनेका छन्।रक्षामंत्री राजनाथ सिंहले आज आइतवार लोकसभा क्षेत्र बीकानेरको विधानसभा क्षेत्र श्रीकोलायतमा भाजपा उम्मेदवार अर्जुनराम मेघवालको समर्थनमा एक चुनावी सभालाई सम्बोधित गरिरहेका थिए।
उनले भने, राजस्थानको पहिचान अब पैंटोमाथि घैटो राखेर गइरहेका महिलाहरूबाट हुनेछैन। भारतमा धेरै परिवर्तन आएको छ। हामीले पहिले हतियार किन्थ्यौं र अब आफै हतियार बनाइरहेका छौं। अब हामी सर्जिकल स्ट्राइक गर्छौं, एयर स्ट्राइक गछौँ, यसमा कांग्रेसले प्रश्न चिह्न खड़ा गर्छ। यो आधुनिक र समर्थ भारत हो, जसलाई विश्वले हेरिरहेछ। भाजपा जनतालाई जनार्दन ठान्दछ तर कांग्रेस एक परिवारलाई जनार्दन ठान्दछ। कांग्रेस र भाजपामा यो ठूलो अन्तर हो।गरीब परिवारलाई घर दिने योजनाबारे बताउँदै उनले भने, अधिकांश मानिसहरूले पक्का घर पाएका छन्, जो बाकी रहेका छन्, उनीहरूले पनि छिट्टै पाउनेछन्। भीड़लाई देखेर गदगद राजनाथले भने, आज धेरै बोल्ने आवश्यकता छ जस्तो लाग्दैन। यति संख्यामा मानिसहरूलाई देखेर स्पष्ट छ, अर्जुनराम जितिरहेका छन्। पछिल्लो पल्ट र यस पालीको सभामा अन्तर छ। यस पाली देवी सिंह भाटीलाई मंचमा पाउनु सुखद छ।

About Author

Advertisement