गजल

Abstract-Image.jpeg

कर्मको स्याहीले जीवन लेखियो

कालले निधारमा मरण लेखियो।

सबै चाहाना पूर्ण हुनमा के मज्जा

चाहानुको अर्को नाम दुश्मन लेखियो

के हुन्छन् र,, आफैसंग इमान्दार!

आफ्नै नाटकको चिन्तन लेखियो।

लेख्नु त लेख्नु छ एक प्रेम कहानी

तर हेर यहाँ प्रेममा जलन लेखियो।

यो सिन्दुरले उसको प्रमाण दिएर

आफ्नै स्वाधीनताको हनन लेखियो।

(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)

About Author

Advertisement