
कर्मको स्याहीले जीवन लेखियो
कालले निधारमा मरण लेखियो।
सबै चाहाना पूर्ण हुनमा के मज्जा
चाहानुको अर्को नाम दुश्मन लेखियो
के हुन्छन् र,, आफैसंग इमान्दार!
आफ्नै नाटकको चिन्तन लेखियो।
लेख्नु त लेख्नु छ एक प्रेम कहानी
तर हेर यहाँ प्रेममा जलन लेखियो।
यो सिन्दुरले उसको प्रमाण दिएर
आफ्नै स्वाधीनताको हनन लेखियो।
(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)