४ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार आफ्नो म्याच जितेर कालीझोड़ा युवा परिवार क्वार्टर फाइनलमा पुग्यो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको म्याचमा कालीझोड़ा युवा परिवारले कञ्चनजंघा फूटबल क्लब (केएफसी) जूनियरलाई १-०-ले पराजित गऱ्यो। अब शुक्रवार खेलिने म्याचमा माटीधर टी स्टेट र तरुण संघबीच भिड़न्त हुनेछ।











