इण्टर अफिस महकुमा स्तरीय फूटबलः अल इण्डिया रेडियो सेमिफाइनलमा

IMG-20220804-WA0153.jpg

४ अगस्तः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टमा बिहीवार क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी सेभेन ए साइड टुर्नामेण्टमा आज अल इण्डिया रेडियोले डीएचआर तीनधारेलाई ३-२-ले पराजित गऱ्यो। म्याचमा मध्यान्तरसम्म अल इण्डिया रेडियो तीन गोलले अघि रहेको थियो। मध्यान्तरपछि डीएचआर-ले २ गोल गरे पनि म्याच बचाउन सकेन। विजेता टीमबाट नर्बु शेर्पाले २ गोल गरे। अल इण्डियाले रेडियोले अब ६ अगस्तको दिन खेलिने सेमिफाइनलमा बीडीओ अफिसको चुनौती स्वीकार्नेछ। टुर्नामेण्टको फाइनल ८ अगस्तमा हुनेछ। आजको म्याचमा मुख्य रेफरी अरविन्द छेत्री थिए भने एसिस्टेण्ट रेफरीको भूमिकामा उज्ज्वल लामा र विशाल राई थिए। यसरी नै सुरेन राई फोर्थ अफिसियल थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *