गीतकार सुकुमार बराईली पितृ शोकमा

IMG-20240405-WA0226.jpg

खरसाङ: वरिष्ठ गीतकार एंव तीनधारे चियाबारीको सह प्रबन्धक साथै समाजसेवी सुकुमार बराईली पितृ शोकमा परेका छन्। उनको पिता कृष्णबहादुर बराईलीको आज शुक्रबार दिउँसो ३ बजेतिर ९० वर्षको उमेरमा निधन भएको छ। उनी केही दिनदेखि बिमारी अवस्थामा रहेका थिए। गीतकार सुकुमार बराईलीको पिता कृष्णबहादुर बराईलीले आफुपछि दुई छोराहरू मोहन बराईली र सुकुमार बराईली, दुई छोरीहरू सकुन बराईली, कुमारी बराईली र नाता नातिनीहरू साथै पनाति- पनातिनीहरू छोडी गएका छन्। उनको अन्तिम संस्कार भोलि शनिवार दिउँसो १२:३० तिर तीनधारे चियाबारीस्थित निजी वासस्थानबाट गरिने भएको पारिवारिक सूत्रबाट जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *