आफ्नो भनाइले फेरि कंगनामा रनौत चर्चामा

मुम्बई: अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन्। यसपाली  कंगना हिमाचलको मण्डीबाट भाजपाको लोकसभा उम्मेदवार पनि हुन्। हालै कंगनाको एउटा शब्दले उनलाई फेरि एकपटक सामाजिक सञ्जालमा चर्चामा ल्याएको छ। कंगनाले नेताजी सुभाष चन्द्र बोसलाई स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्रीको रूपमा वर्णन गरेकी छिन्। टाइम्स नाउ समिटमा जब एन्कर नाविका कुमारले कंगना रनौतसँग अन्तर्वार्ता लिइन्, उनले अनौठो दाबी गरिन्। उक्त भिडियो कांग्रेस नेता बीभी श्रीनिवास, आप राज्यसभा सांसद स्वाती मालीवाल र अन्यले सोशल मिडियामा साझा गरेका थिए। वास्तवमा, जब नाविका कुमारले सुभाष चन्द्र बोस स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री होइनन् भने, कंगनाले जवाफ फर्काउँदै भनिन्, ‘त्यसोभए उनी किन हुनुभएन? किन?’

यस शिखर सम्मेलनमा कंगनाको यो छोटो क्लिप कांग्रेस नेता बीभी श्रीनिवासले एक्समा भिडियो साझा गरेपछि भाइरल भएको थियो। भिडियो १५ सेकेन्ड लामो भएपनि टाइम्स नाउ समिटमा कंगनाको वास्तविक अन्तर्वार्ता झण्डै ५० मिनेट लामो थियो। अन्तर्वार्तामा कंगनाले आफ्नो विचार साझा गर्नुका साथै राजनीतिमा आफ्नो भर्खरको कदमको बारेमा पनि कुरा गरिन्।दिल्ली महिला आयोगकी पूर्व अध्यक्ष तथा आप राज्यसभाकी सांसद स्वाती मालीवालले कंगनाको भिडियो शेयर गर्दै प्रतिक्रिया दिएकी छिन्, ‘शिक्षित र बुद्धिमान मानिसहरूलाई भोट दिनुहोस्।‘ ‘कंगनाले हिमाचल प्रदेशको मण्डीबाट भाजपाबाट उम्मेदवार बनाएपछि औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेकी हुन्। कंगना हिमाचलमा प्रचारप्रसार गरिरहेकी छिन् र उनले कांग्रेसलाई पटकपटक निशाना बनाएकी छिन्। उनको अभियानलाई जनताबाट उत्साहजनक प्रतिक्रिया मिलिरहेको छ। तर, मैदानमा भएको लोकप्रियता भोटमा परिणत हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी छ।

About Author

Advertisement