सिलगढ़ी: फूटबल खेलमा करियर बनाउन इच्छुक युवा खेलाड़ीहरूलाई विश्वस्तरीय प्रशिक्षण अनि सही प्ल्याटफर्म प्रदान गर्ने उद्देश्यको साथ सिलगढ़ीमा लिजेण्ड्स फूटबल एकाडमी शुरु गरिएको छ। सालुगढ़ा नजिक रिलायन्स मार्ट पछिल्तिर रहेको वन शट् फूटसल एरेनामा लिजेण्ड्स फूटबल एकाडमीले खेलाड़ीहरूलाई प्रशिक्षण प्रदान गर्नेछ। एकाडमीमा एआईएफएफ लाइसेन्स्ड प्रशिक्षकहरूद्वारा खेलाड़ीहरूलाई प्रत्येक दिन प्रशिक्षण दिइनेछ। यसको साथमा खेलाड़ीहरूलाई क्षेत्रीय र राष्ट्रिय स्तरमा प्रतिभा देखाउने मौका पनि प्रदान गरिनेछ। लिजेण्ड्स एफए-मा सामेल हुन इच्छुक खेलाड़ीहरूले सर्कुरलमा दिइएको नम्बरमा सम्पर्क गर्न सक्नेछन्।