दिल्ली सीनियर डीविजन लीगमा प्रभावशाली प्रदर्शन गर्दै प्रतीक लामा र अन्य खेलाड़ीहरू

photocollage_2024451852913.jpg

सिलगढ़ी: दिल्लीमा अहिले सीनियर डीविजन फूटबल लीग धमाधम चलिरहेको छ। त्यस प्रतिष्ठित लीगमा पहाड़ र समतलका एकाधिक खेलाड़ीहरूले प्रभावशाली प्रदर्शन गरिरहेका छन्, जसमा प्रतीक लामा, गणेश लिम्बु, आशिष छेत्री, राज थापा मगर, प्रिवेश छेत्री, बिक्की थापा, सोनम शेर्पा र आकाश प्रधान सामेल छन्। यी खेलाड़ीहरूमा प्रतीक, गणेश र आशिष चाहिँ नेशनल युनाइटेड एफसी-मा रहेका छन्, जुन टीम अहिले लीग टेबलको शीर्षमा रहेको छ। यसरी प्रिवेश छेत्री र बिक्की थापाले हिन्दुस्तान एफसी-को प्रतिनिधित्व गरिरहेका छन्। यसबाहेक राज थापा मगरले सिटी एफसी, सोनम शेर्पाले भारत एफसी र आकाश प्रधानले शास्त्री एफसी-को जर्सी लगाएर खेलिरहेका छन्। यी सबै खेलाड़ीहरूले उत्तर बंगालमा आफ्नो छाप छोड़िसकेका छन् अनि अहिले राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभालाई अलग उँचाईमा पुऱ्याएका छन्। दिल्ली सीनियर डीविजन लीगमा जम्मा ११ वटा टीमले हिस्सा लिएको छ अनि मई महिनासम्म चल्नेछ।

About Author

Advertisement