पहुँचयोग्य र सुलभ सीएआर-टी सेल थेरापी सम्पूर्ण मानव जातिको लागि आशाको नयाँ किरण हो: राष्ट्रपति
नयाँ दिल्ली: राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले आज (४ अप्रेल) इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी आईआईटी मुम्बईमा क्यान्सर उपचारको लागि भारतको पहिलो स्वदेशी जीन थेरापीको शुभारम्भ गरिन्। यस अवसरमा बोल्दै राष्ट्रपति द्रौपदी मुर्मुले भन्न, ‘भारतको पहिलो जीन थेरापीको शुरुवात क्यान्सर विरुद्धको हाम्रो लडाईमा ठूलो उपलब्धि भएको छ।‘ उपचारको यो शृङ्खलालाई सीएआर–टी सेल थेरापी नाम दिइएको छ, जुन क्यान्सर इम्युनोथेरापी उपचार हो। यो पहुँचयोग्य र किफायती छ, त्यसैले सम्पूर्ण मानवजातिको लागि आशाको नयाँ किरण प्रदान गर्दछ। उनले यो थेरापीले अनगिन्ती बिरामीलाई जीवन दिन सफल हुने विश्वास व्यक्त गरिन्। राष्ट्रपतिले सीएआर-टी सेल थेरापीलाई चिकित्सा विज्ञानको क्षेत्रमा अभूतपूर्व प्रगति मानिएको बताइन्। यो केही समयको लागि विकसित देशहरूमा उपलब्ध छ, तर यो अत्यन्त महँगो छ र विश्वभरका अधिकांश बिरामीहरूको पहुँच बाहिर छ। आजदेखि शुरु भएको थेरापी संसारकै सस्तो सीएआर-टी सेल थेरापी भएको कुरामा उनले खुशी प्रकट गरिन्। उनले भनिन्, ‘यो ‘मेक इन इण्डिया‘ पहल आत्मनिर्भर भारतको एक चम्किलो उदाहरण हो।‘ इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, मुम्बई र टाटा मेमोरियल हस्पिटलको सहकार्यमा उद्योग साझेदार इम्युनोएसीटीसँगको सहकार्यमा भारतको पहिलो सीएआर-टी सेल थेरापी विकास गरिएको कुरामा राष्ट्रपतिले खुशी व्यक्त गरिन्। उनले शिक्षा–उद्योग साझेदारीको यो प्रशंसनीय उदाहरण हो, जसले यस्तै अन्य धेरै प्रयासहरूलाई प्रेरित गर्ने बताइन्। राष्ट्रपति द्रौपदी मुर्मुले भनिन्, ‘आईआईटी मुम्बईले भारतमा मात्र नभई विश्वभर टेक्नोलोजी शिक्षाको नमूनाको रूपमा ख्याति कमाएको छ। सीएआर-टी सेल थेरापीको विकासले टेक्नोलोजीलाई मानवताको सेवामा लगाउनु मात्र नभई उद्योगका साथसाथै अर्को क्षेत्रबाट प्रतिष्ठित संस्थानसँग साझेदारी पनि समावेश गर्दछ। विगत तीन दशकमा अनुसन्धान र विकासमा आईआईटी मुम्बईले दिएको फोकसले यो सम्भव भएको हो।‘ उनले आईआईटी मुम्बई र अन्य समान संस्थाका संकाय र विद्यार्थीहरूको ज्ञानको आधार र सीपले देशले चलिरहेको प्राविधिक क्रान्तिबाट लाभान्वित हुने बताइन्। -पीआईबी