एकापट्टि अत्याचार र झूटको राजनीति अनि भाजपाको झूटो आश्वासनको राजनीतिलाई जितेर बिजय हुनेछौं: डा. मुनिष तामाङ

IMG-20240404-WA0152.jpg

दार्जिलिङ: यहाँ एकापट्टि अत्याचार र भष्टचारको राजनीति छ भने अर्कोतिर भाजपाको झूटो आश्वासनको राजनीति छ। यी दुई प्रकारको ध्रुवलाई धाराशाही गर्नु र हामी यहाँबाट बिजय हुन्छौं भनी कंग्रेसको प्रार्थी डा मुनिष तामाङले आज बताएका छन्। आगामी लोकसभा चुनावमा दार्जीलिङ संसदीय सिटको लागि कांग्रेस पार्टीको प्रार्थीको रूपमा आफ्नो नामांकन पत्र भर्न अघि पत्रकारहरूसित कुराकानी गर्दै डा मुनिष तामाङले आफ्नो मुख्य मुद्दा लामो समयदेखि थाँतीमा रहेको जातीय मुद्दा अनि जातीय अस्मिता रहेको बताएका छन्। उनले यसको साथै 11 जनजातिको मुद्दा, चियाबारीको मुद्दा, जमीनको पर्जापट्टाको मुद्दा, बेरोजगारीको मुद्दा रहेको बताएका छन्। डा तामाङले कंग्रेस नेता बिनय तामाङ र आफुमाझ व्यक्तिगत कुनै प्रतिस्पर्धा नभएको र आफुले पार्टीको निर्णय अनुसार टिकट पाएको बताएका छन्। उनले बिनय तामाङ एकजना अनुभवी र पोख्त राजनीतिज्ञ रहेको बताउँदै आफुलाई विश्वास छ कि बिनय तामाङ र आफु मिलेर पार्टीको लागि काम गर्नेछौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement