दार्जीलिङ संसदीय सिटको लागि कांग्रेस पार्टीका उम्मेद्वार डा. मुनिष तामाङले बुझाए नामांकन

IMG-20240404-WA0151.jpg

दार्जिलिङ: आगामी लोकसभा चुनावमा दार्जीलिङ संसदीय सिटको लागि कांग्रेस पार्टीका उम्मेद्वार डा मुनिष तामाङले आज आफ्नो नामांकन पत्र भरेका छन्। कंग्रेस प्रार्थी डा मुनिष तामाङको समर्थनमा आज कांग्रेस पार्टी, सीपीआइएम पार्टीसहित हाम्रो पार्टीका सदस्यहरू दार्जीलिङको पी कोठीमा भेला भएर क्लबसाइड हुँदै दार्जीलिङ जिल्ला शासक कार्यालयसम्म र्‍याली निकालेका थिए। दार्जिलिङ जिल्ला शासक कार्यालयमा पुगेर कंग्रेस पार्टीको प्रार्थी डा मुनिष तामाङले आफ्नो नामांकन पत्र भरेर जिल्ला शासक डा प्रीति गोयललाई बुझाएका छन्। डा मुनिष तामाङको नामांकन पत्र बुझाउँदा कंग्रेसको वरिष्ठ नेता एंव पूर्व विधायक शंकर मालाकर, सीपीआईएमको नेता तथा पूर्व सांसद समन पाठक, हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड पनि उपस्थित रहेका थिए।

About Author

Advertisement