तेस्रोपल्ट पावरप्ले-मा अर्द्धशतक पूरा गरे सुनिल नारेनले

IMG-20240404-WA0143.jpg

विशाखापट्टनम: दिल्ली क्यापिटल्स विरुद्ध आईपीएल २०२४-को म्याचमा कलकत्ता नाइट राइडर्सबाट ओपनिंग गर्दै अलराउण्डर सुनिल नारेनले अन्तमा गएर यस प्रतियोगितामा आफ्नो सर्वश्रेष्ठ स्कोर बनाए। दिल्लीका बलरहरू विरुद्ध नारेनले शुरुदेखि नै आक्रामक मिजास देखाए अनि प्रत्येक बलमा कड़ा प्रहार गर्दै तेजीको साथ रन बनाए। उनले विशेषगरी ईशान्त शर्मा र रासिख सलामलाई निशाना बनाए। नारेनले आईपीएलमा आफ्नो पहिलो म्याच ८ अप्रेल २०१२-मा राजस्थान रोयल्स विरुद्ध खेलेका थिए, जहाँ उनी गोल्डन डक भएका थिए। यसपाली चाहिँ नारेनले क्यापिटल्स विरुद्ध ३९ बलमा ७ वटा छक्का र ७ वटा चौकाको साथ ८५ रन बनाए। आईपीएलको इतिहासमा ईनिंग्सको पहिलो ६ ओभर अर्थात पावरप्ले-मा अष्ट्रेलियाका डेविड वार्नरले सर्वाधिक ६ पल्ट अर्द्धशतक बनाएका छन्। यस सूचीमा नारेन तीनवटा अर्द्धशतकको साथ तेस्रो स्थानमा पुगेका छन्। क्रिस गेल र जोस बटलरले पनि नरेनको साथमा ३-३ पल्ट यस उपलब्धिलाई हासिल गरेका छन्। यशस्वी जयसवाल, काइल मायर्स, केएल राहुल र रिद्धिमान साहाले २-२ पल्ट यस्तो गरिसकेका छन्। दिल्ली क्यापिटल्स विरुद्ध बुधवार राति खेलिएको म्याचमा एक समय त नारेन ९ बलमा ८ रन बनाएर खेलिरहेका थिए तर ईशान्त शर्माको एक ओभरमा ३ वटा छक्का र २ वटा चौकाको साथ २६ रन बनाएर उनले फर्म हासिल गरे। त्यसपछि चाहिँ नारेनले पछि फर्किएर हेरेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement