भाजपाका उम्मेदवार राजु बिष्टले फाँसीदेवामा प्रचारप्रसार गरे

gh.png

फाँसीदेवा: दार्जिलिङ लोकसभा सिटबाट भाजपाका उम्मेदवार राजु विष्टले फाँसीदेवामा प्रचारप्रसार गरेका छन्। उनले फाँसीदेवाको ज्योतिनगरस्थित कालीमन्दिरमा पूजाअर्चना गरे र हुड लगाएको गाडीमा बीडीओ कार्यालय र पछि जलसदेखि रंगपानीसम्म प्रचारप्रसार गरे। उनले आज लिचुपाक्रीस्थित पहाडी माताको मन्दिरमा पनि पूजा गरे। यस सम्बन्धमा राजु विष्टले जनताको उत्साह देख्दा राम्रो लागेको बताए। यस क्षेत्रका जनता सचेत छन्। जनताले तृणमूललाई भोट दिने छैनन्। प्रधानमन्त्रीलाई हेरेर भोट हाल्नेछन्। यस क्षेत्रका जनताले जलजीवन मिसनबाट पानी नपाएको पनि उनले बताए। उनले जनस्वास्थ्य प्राविधिक विभागका अधिकारीलाई चेतावनी दिनुका साथै सीमामा गाई तस्करीका बारेमा पनि पुलिसलाई सचेत गराए।

About Author

Advertisement