सिक्किमको इतिहास योक्समबाट शुरू हुन्छ: पवन चामलिङ

n59718509617121634589870dbcf8825f9d240f48b6e6c2c41590cf2ccecae67b86625dd63ea76f042d25df.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले भने, सिक्किमको इतिहास योक्समबाट शुरू हुन्छ। यसैले हामी सरकारमा आएपछि योक्सोममा फुन्सोग नामग्याल विश्व इतिहास केन्द्र बनाउनेछौं।

यहाँ सिक्किमका बाह््रै जना राजाको मूर्ति बनाउनेछौं। चामलिङले उक्त घोषणा आज पश्चिम सिक्किमको गेजिङ जिल्लाको योक्सोम हेलिप्याडमा आयोजित एसडीएफ पार्टीको चुनावी जनसभामा योक्सोम टाशिडिङका जनतालाई सम्बोधन गर्दै व्यक्त गरेका हुन्।

जनसभामा चामलिङले पार्टीका महत्वपूर्ण कार्यक्रम र योजनामाथि प्रकाश पार्दै भने, हामी सोरेङलाई सांस्कृतिक एवम् प्राकृतिक पर्यटन केन्द्रको रूपमा ब्राण्डिङ गर्नेछौं। गेजिङ जिल्लालाई इतिहास अनि धरोहर पर्यटन केन्द्रको रूपमा विश्वमा ब्राण्डिङ गर्नेछौं। शेर्पा वर्ल्ड हेरिटेज सेण्टर रिब्दीमा, इण्टरनेशनल गुरूङ हेरिटेज सेण्टर कलुकमा बनाउनेछौं।

उनले गेजिङ-बर्मेकलाई अन्तरराष्ट्रिय नेपाली इतिहास एवम् धरोहर केन्द्र, याङथाङमा थुङ्बा मुङ्मा लिम्बू इण्टरनेशनल हिस्ट्री एण्ड कल्चचर सेण्टर, रिञ्चेनपोङमा त्रिरत्न मूर्ति बनाएर त्रिरत्न उद्यान बनाउने घोषणा गरे। उनले रिञ्चेनपोङमा प्रेयर टावर, चिवाभञ्ज्याङमा वर्ल्ड टुरिज्म सेण्टर बनाउनेछौं भने। सिक्किमभरि एक हजारवटा पर्यटन गन्तव्य बनाउनेछौं। उनले सिक्किममा वर्षमा १ करोड़ टुरिस्ट ल्याउने हाम्रो कार्यक्रम र योजना छ भन्दै करोड़ टुरिस्ट आए भने कुनै पनि परिवार बेकारी हुनेछैन भने।

चामलिङले भने, न्यु इण्डस्ट्रियल जोन पश्चिम सिक्किममा बनाउनेछौं, जुन स्वच्छ उद्योग हुनेछ। ग्रीन हाइड्रोजन, लिक्विड हाइड्रोजन उद्योग हुनेछ, सेमीकण्डक्टर म्यानुफ्याक्चरिङ इण्डस्ट्री हामी बनाउनेछौं। उनले पहिलाको सरकारमा कारबन न्युट्र स्टेट सिक्किमलाई बनायौं, अबको सरकारमा सिक्किमलाई विश्वको पहिलो कार्बन नेगेटिभ स्टेट बनाउनेछौं भनी घोषणा गरे।

उनले भने, सिक्किमका लागि यसपालिको चुनाउ अत्यन्तै महत्वपूर्ण छ, जीवन र मरणको सवाल छ। २०१९ मा मैले भनेको थिएँ, यदि एसकेएम सरकार आयो भने सिक्किम बर्बाद हुन्छ, जनतामाथि आपतविपत आइपर्छ, सिक्किममा गुण्डाहरूले परेड खेल्छ भनेको थिएँ। तर त्यतिबेला मेरो कुरा मानेन्, बुझेनन्। जनताले पनि परिवर्तन परिवर्तन भने। जनता आफैले बनाएको सरकारसँग डराउनुपर्ने, ढुङ्गामूढ़ा खानुपर्ने परिवर्तन आएको छ। अब जनताले जातको कुरामा नअल्मलेर एसडीएफ पार्टीलाई भोट दिनुपर्नेछ। यो आखिरी मौका छ।

जनसभालाई योक्सम-टाशीडिङ समष्टिबाट एसडीएफ उम्मेदवार मियोङ ग्याछो भोटियाले पनि सम्बोधन गरेका थिए। यस अवसरमा एकसय भन्दा धेरै परिवार एसडीएफमा सामेल भएको दाबी एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा गरेको।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement