तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई काम्तापुर प्रोग्रोसिभ पार्टीद्वारा चुनावमा समर्थन

IMG-20240403-WA0213.jpg

सिलगढी: तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामाले आज पनि सिलगढीको विभिन्न स्थानहरूमा चुनाव प्रचार गरेका छन्। उनीसित तृणमूल नेत्री पापिया घोष लगायत अन्य नेतृत्वहरू उपस्थित रहेका थिए। यस क्रममा तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई काम्तापुर प्रोग्रोसिभ पार्टीले समर्थन गर्ने भएको छ। यसै विषयमा आज तृणमूल कांग्रेस र काम्तापुर प्रोग्रेसिभ पार्टीमाझ सभा सम्पन्न भएको छ। उक्त सभामा काम्तापुर प्रोग्रेसिभ पार्टीले दार्जिलिङ जिल्लामा तृणमूल कांग्रेसलाई सघाउने भएको छ र तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई समर्थन जनाएका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै काम्तापुर प्रोग्रेसिभ पार्टीको प्रवक्ता चन्दन सिंहले उत्तर बंगालको सातवटा जिल्लाहरूमा काम्तापुर प्रोग्रेसिभ पार्टीले तृणमूल कांग्रेसलाई समर्थन गरेको र यसै क्रममा दार्जिलिङ जिल्ला तृणमूल कंग्रेसको नेतृत्वहरूसित सभा बसेर गोपाल लामालाई जिताउन समर्थन गरेको बताएका छन्।

त्यसरी नै तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामाले पनि आज सिलगढीको विभिन्न स्थानहरूमा चुनाव प्रचार गरेको र यसै क्रममा काम्तापुर प्रोग्रेसिभ पार्टीसित सभा बसेर आफुलाई जिताउन समर्थन गरेको बताएका छन्।

About Author

Advertisement