जलपाईगुडी: मैनागुडी नम्बर एक ब्लकको रामशाई क्षेत्रको चेंगमारी बुथलाई गत २०१९ लोकसभा चुनाव पछि भाजपा सांसद जयंत कुमार रायले अपनाएका थिए। विगत पाँच वर्षदेखि सांसदले सो गाउँतिर हेर्दा पनि नहेरेको स्थानीयको आरोप छ। यसबाट आक्रोशित भएर उक्त गाउँका पाँच परिवारका कुल ३० मतदाता तृणमूल कांग्रेसमा प्रवेश गरे। मैनागुडी ब्लक नम्बर १ तृणमूल कांग्रेस अध्यक्ष माननीय मनोज रायले क्षेत्रीय अध्यक्षहरू र प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा यी व्यक्तिहरूलाई पार्टीमा प्रवेश गरे।