सिलगढीमा २० खुकुरीसहित एक जना पक्राउ

IMG-20240403-WA0163-copy

सिलगढी: पानीट्यांकी चौकी पुलिसले नाका चेकिङको क्रममा सिलगढी-कालेबुङ जाने निजी बसबाट २० वटा खुकुरीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिको परिचय ५३ वर्षीय नूरबहादुर कामी बताइएको छ। उनी कालेबुङको बम बस्ती क्षेत्रका बासिन्दा हुन्। उनी पेशाले व्यापारी रहेको बताइएको छ। नाका चेकिङको क्रममा पुलिसले उनको बोलेको कुरामा शंका लागेपछि उनको झोलाको खोजी गर्दा त्यसमा बीस खुकुरी फेला परेको थियो, जसको अनुमानित मूल्य १६ हजार रुपियाँ रहेको थियो। उनले लोकसभा चुनावअघि नै यति ठूलो परिमाणमा नेपाली खुकुरी किन कालेबुङ पुर्‍याएको भन्ने विषयमा पुलिसले अनुसन्धान थालेको छ। पुलिसले यो हतियार तस्करीको पछाडि उद्देश्यबारे पनि अनुसन्धान गरिरहेको छ। पानीट्यांकी पुलिसले ती व्यक्तिलाई नियन्त्रणमा लिएर पुलिस चौकीमा लगेर लामो सोधपुछपछि पक्राउ गरेको समाचार छ। उनलाई भोलि सिलगढी अदालतमा पेश गरिनेछ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement