राष्ट्रमण्डल खेलहरूका छैटौं दिन ५ वटा पदक, लवलीना हारिन्

photocollage_202284113028366.jpg

४ अगस्तः बर्मिंघममा जारी राष्ट्रमण्डल खेलहरू (कमनवेल्थ गेम्स) २०२२-मा भारतले अहिलेसम्म १८ वटा पदक जितेको छ। यसमा ५ वटा स्वर्ण, ६ वटा रजत र ७ वटा काँस्य पदक सामेल छ। यस खेल महाकुम्भको छैटौं दिन भारतलाई ५ वटा पदक प्राप्त भयो। यसरी नै भारतीय महिला क्रिकेट टीमले बारबाडोस विरुद्ध १०० रनले जीत हासिल गऱ्यो। छैटौं दिन भारतले दुईवटा इभेण्टमा त राष्ट्रमण्डल खेलहरूका इतिहासमा पहिलोपल्ट पदक जित्यो। स्क्वाशमा सौरभ घोषाल व्यक्तिगत इभेण्टमा पदक जित्ने पहिलो भारतीय बने। यसको साथै हाई जम्पमा पनि भारतलाई पहिलोपल्ट पदक प्राप्त भयो। यसरी नै ओलम्पिक पदक विजेता स्टार महिला बक्सर लवलीना बोरगोहेनले चाहिँ देशलाई निराश गरिन् अनि सेमिफाइनलमा स्थान बनाउनदेखि चुकिन्। यसबाहेक बक्सिंगमा मोहम्मद हुसामुद्दीन, नीतू घनघास र निकहत जरीनले सेमिफाइनलमा स्थान बनाएर देशको निम्ति पदक पक्का गरे।
वेट लिफ्टिङ्गमा भारतको उत्कृष्ट प्रदर्शनको क्रम जारी रह्यो। लवप्रीत सिंहले १०९ किग्रा अनि गुरदीप सिंहले १०९ किग्रा प्लस भार वर्गमा काँस्य पदक जिते। स्न्याच राउण्डमा असाधारण प्रदर्शन गरेपछि लवप्रीतले क्लीन एण्ड जर्कमा पनि असल प्रदर्शन गरे। आफ्नो भार वर्गमा एक समय त उनी शीर्षमा रहेका थिए तर अन्तमा उनले तेस्रो स्थानमा रहेर सन्तोष मान्नु पऱ्यो। उनले जम्मा ३५५ किग्रा ओजन उठाए। यसरी नै गुरदीपले स्न्याच राउण्डमा तीनवटा प्रयासमा १६७ किग्राको आफ्नो सर्वश्रेष्ठ ओजन उठाए। त्यसपछि क्लीन एण्ड जर्कमा २२३ किग्रा ओजन उठाए। यसरी समग्रमा ३९० किग्रा ओजन उठाएर गुरदीपले काँस्य पदक जिते।
भारतीय जूडो खेलाड़ी तूलिका मानले महिलाहरूकी ७८ किग्रा वर्गको फाइनलमा स्कटल्याण्डकी सारा एडलिंगटन विरुद्ध पराजयको साथ रजत पदक जितिन्। बुधवार नै दुईवटा लड़ाइँ जितेर फाइनलमा स्थान बनाउने तूलिका स्वर्ण पदकको लड़ाइँमा पनि अधिकांश समय नै अघि रहेकी थिइन् तर एडलिंगटनले पछिबाट इपोन (प्रतिद्वन्द्वीको ढाड़ भुईंमा पछारेर)-को सहायताले स्वर्ण पदक जितिन्। एडलिंगटनले तूलिकालाई जोड़ले भुईंमा पछारिन् अनि खेल निर्धारित समयभन्दा ३० सेकेण्ड अघि नै समाप्त भयो।
यसरी नै तेजस्विनी शंकरले २.२२ मीटरको जम्प लगाएर पुरुषहरूका हाई जम्प स्पर्धामा देशको निम्ति काँस्य पदक जिते। राष्ट्रमण्डल खेलहरूका ट्र्याक एण्ड फील्डमा भारतको यो पहिलो पदक हो। तेजस्विनीलाई पहिला यी खेलहरूका निम्ति भारतीय टीममा सामेल गरिएको थिएन। दिल्ली हाई कोर्टको सहायताले उनले बर्मिंघम जाने मौका पाएका थिए। पुरुषहरूका स्क्वाशमा पनि भारतले पहिलोपल्ट पदक जित्यो। भारतका सौरभ घोषालले ईंग्ल्याण्डका जेम्स विल्सट्रपलाई काँस्य पदकको म्याचमा सजिलै ३-०-ले पराजित गरे। विश्वका १५औं नम्बरका खेलाड़ी घोषालले आयोजक देशका विश्वका २४औं नम्बरका खेलाड़ी विरुद्ध ११-६, ११-१, ११-४-ले सजिलै जीत हासिल गरे। घोषालको यो राष्ट्रमण्डल खेलहरूमा दोस्रो पदक हो। यसअघि उनले २०१८-को राष्ट्रमण्डल खेलहरूमा दीपिका पल्लीकलसँग मिलेर मिश्रित युगलमा रजत पदक जितेका थिए। यसबीच पदकको आशा महिला बक्सर लवलीना बोरगोहेन चाहिँ क्वार्टर फाइनलमा वेल्सकी रोसी एक्लेस विरुद्ध २-३-ले पराजित भइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement