राडुकानुले जिते पनि पेगुला पराजित

photocollage_20228412422504.jpg

४ अगस्तः वर्तमान च्याम्पियन तथा शीर्ष वरीयता प्राप्त जेसिका पेगुला बुधवार अष्ट्रेलियाका डारिया सेविल विरुद्ध सीधा सेटमा हारको साथ सिटी ओपन टेनिस टुर्नामेण्टबाट बाहिर भइन्। यूएस ओपनको तयारी गर्न ओर्लिने अमेरिकी खेलाड़ी पेगुलालाई सेविलले ७-५, ६-४-ले पराजित गरिन्। यसबीच दोस्रो वरीयता प्राप्त ब्रिटेनकी एम्मा राडुकानुले लुइसा चिरिकोलाई ६-४, ६-२-ले पराजित गरिन्। कनाडाकी क्वालीफायर रेबेका मेरिनोले जर्मनीकी एण्ड्रिया पेटकोविच विरुद्ध ६-३, ३-६, ६-१-ले जीत हासिल गरिन्। अब उनको सामना सेविलसँग हुनेछ। यसरी नै पुरुष एकलमा विम्बल्डनमा उपविजेता रहने निक किर्गियोसले १४औं वरीयता प्राप्त टमी पललाई ६-३, ६-४-ले पराजित गरे। यसबाहेक अमेरिकाका सेबेस्टियन कोर्डाले १२औं वरीयता प्राप्त सेबस्टियन बेजलाई ६-१, ६-४-ले अनि नवौं वरीयता प्राप्त होल्गर रुनेले बेनोइट पेयरलाई सीधा सेटमा ६-३, ६-२-ले पराजित गरे।

About Author

Advertisement