हारको निम्ति छोड़ेको क्याचहरूलाई जिम्मेवार बताए कप्तान डू प्लेसिसले

IMG-20240403-WA0106.jpg

बेंगलुरु: आईपीएल २०२४-मा अन्य सबै टीमहरूले आ-आफ्नो होम म्याचहरू जितिरहेको भए पनि रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-को स्थिति चाहिँ ठीक उल्टा रहेको छ। टीम पहिला कलकत्ता नाइट राइडर्स विरुद्ध एम चिन्नास्वामी स्टेडियममा पराजित भयो अनि त्यसको केही दिनपछि मंगलवार आरसीबी-लाई लखनऊ सुपर जाइण्ट्सले पनि उनीहरूको होम ग्राउण्डमा पराजित गऱ्यो। यसरी लगातार हारपछि आरसीबी-का कप्तान फाफ डू प्लेसिसलाई निराश देखियो। उनले हारको निम्ति म्याचमा छोड़ेको क्याचहरूलाई जिम्मेवार बताए। डू प्लेसिसले भने, म्याचमा छोड़ेको क्याचहरू हामीलाई महँगो साबित भयो। डी कक २५-३० रनमा हुँदा अनि निकोलस पूरन २ रनमा हुँदा हामीले दुवैको क्याच छोड़्यौं। उनीहरूले ६०-६५ रन अतिरिक्त बनाए, जुन अन्तमा महँगो साबित भयो। आईपीएल जस्तो प्रतियोगितामा यस्तो गल्ती गर्नु हुँदैन। यसरी लखनऊका युवा पेस बलर मयंक यादवको गतिबारे आरसीबी-का कप्तानले भने, हामीले पहिला उनको सामना गरेका थिएनौ। उनीसँग गति रहे त्यसको आदत हुनु केही समय लाग्छ। उनमा आफ्नो लम्बाईलाई नियन्त्रित गर्ने र सटीकताको साथ बलिंग गर्ने क्षमता छ। यसबाहेक हाम्रो बलिंग पनि राम्रो रहेन। विशेषगरी पावरप्ले-मा। म्याक्सवेलले हामीलाई म्याचमा फर्काए पनि डेथ ओभरहरूमा फेरि खराब प्रदर्शन भयो। यसबाहेक हामीले आज असल पार्टनरशीप पनि गर्न सकेनौ।
म्याचको कुरा गर्दा मंगलवार राति लखनऊ सुपर जाइण्ट्सले आरसीबी-लाई २८ रनले पराजित गऱ्यो। तीनवटा म्याचमा दोस्रो जीतको साथ लखनऊको टीम ४ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको चौथो स्थानमा पुग्यो। यसरी चौथो म्याचमा तेस्रो हारपछि आरसीबी चाहिँ नवौं स्थानमा रह्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्ने लखनऊ सुपर जाइण्ट्सले ५ विकेटमा १८१ रन बनायो। ओपनर क्विण्टन डी ककले सर्वाधिक ८१ रन बनाए। उनले ५६ बल खेलेर ८ वटा चौका र ५ वटा छक्का लगाए। यसरी निकोलस पूरनले ५ वटा छक्का र एउटा चौकाको साथ २१ बलमा अविजित ४० रन बनाए। मार्कस स्टोइनिसले २४ र कप्तान केएल राहुलले २० रनको योगदान दिए। आरसीबी-का बलरहरूमा ग्लेन म्याक्सवेलले २ विकेट लिए। त्यसपछि युवा पेस बलर मयंक यादवको अझ एउटा विध्वंशी प्रदर्शनको दममा लखनऊको टीमले आरसीबी-लाई १९.४ ओभरमा १५३ रनको स्कोरमा अलआउट गऱ्यो। मयंकले केवल १४ रन खर्च गरी ३ विकेट लिए। आरसीबी-बाट महिपाल लोमरोरले सर्वाधिक ३३ रन बनाए। यसबाहेक रजत पाटीदारले २९ र विराट कोहलीले २२ रन बनाए। लखनऊ सुपर जाइण्ट्सबाट मयंकबाहेक नवीन-उल-हकले २ विकेट लिए। नवीनलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement