चुनाउमाथि सचेतना गराउन मंगन जिल्लामा वाकाथन आयोजित

IMG-20240402-WA0265.jpg

गान्तोक: आगामी चुनाउमा अत्याधिक जनसहभागिता होस् भन्ने उद्देश्यले मंगन जिल्लामा वाकाथन आयोजना गरियो। मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले झण्डा हल्लाएर प्रस्थान गराए। जिल्ला चुनाउ कार्यालयद्वारा आयोजना गरिएको यस वाकाथन ऱ्यालीमा विशेष गरेर सिस्टमेटिक भोटर एजुकेसन अनि इलेक्ट्रोल सहभागिताबारे जागरूकता गराउनु रहेको थियो। मंगन जिल्लाको बस स्टयाण्डबाट शुरू भएको वाकाथन ऱ्याली पाक्सेपको भ्युपोइन्ट पुगेर समापन भयो, जसमा मंगन वरिष्ठ माध्यमिक विद्यालयका 36 जना विद्यार्थी साथै विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापालले मतदाता शिक्षाकोबारेमा चेतना जगाउने र देशको लोकतान्त्रिक मार्गलाई आकार दिन प्रत्येक नागरिक, विशेष गरी युवाहरूको निर्णायक भूमिकालाई रेखांकित गर्ने महत्त्वलाई प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement