चीनद्वारा नेपालको रसुवा जिल्लामा भव्य विद्यालय निर्माण 

IMG-20240402-WA0008

झापा, भद्रपुर (नेपाल): चीनले नेपालको रसुवा जिल्लामा सुविधा सम्पन्न विद्यालय बनाइदिएको छ।  सो विद्यालय मार्च २९ तारिख शुक्रबार चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको  छ। सो विद्यालय सार्वजनिक विद्यालय पुनर्निर्माण परियोजनाअन्तर्गत चीनले बनाइ दिएको हो। विद्यालय हस्तान्तरण कार्यक्रममा काठमाडौंस्थित चिनियाँ दूतावासका काउन्सिलर सी युन लगायतको उपस्थिति थियो। चीनले रसुवामा जस्तै सोही परियोजनाअन्तर्गत दोलखामा पनि सुविधा सम्पन्न विद्यालय बनाइदिएको छ। नेपालको शिक्षा क्षेत्रमा चीनले गरेको यो सहयोगलाई उल्लेख्य नमूनाको रुपमा लिइएको छ। नेपालको पूर्वाधार विकासमा चीनले महत्वपूर्ण सहयोग गर्दै आएको छ। नेपालमा सडक, जलविद्युत, सिचाइ, विमानस्थल, अस्पताल, सम्पदा पुननिर्माण, विद्यालय, सुरक्षा निकायका पूर्वाधार, सुख्खा बन्दरगाह आदि क्षेत्रमा चिनियाँ सहयोगलाई महत्वपूर्ण मानिएको छ।

About Author

Advertisement