तृणमूल प्रार्थी गोपाल लामाको चुनाव प्रचार अभियान तीव्र

IMG-20240402-WA0231.jpg

सिलगढी: १८औँ लोकसभा चुनावमा दार्जीलिङ संसदीय क्षेत्रबाट तृणमूल कांग्रेसका प्रार्थी गोपाल लामाको चुनाव प्रचार तीब्र भएको छ। आज उनले लोवर बाघडोग्रामा जनसम्पर्क अभियानमा भाग लिए। उनले घर दैलोमा पुगी आफ्नो निम्ति भोटको अपील गरेका छन्। बिहान ९ बजे गोपाल लामाले नतुनपाडामा अवस्थित काली मन्दिरमा पुगी पूजा अर्चनाको साथमा चुनाव प्रचारको आरम्भ गरे भने त्यसपछि उनले नतुनपाडादेखि लोकनाथ नगरसम्म घर दैलोमा पुगी भोटको अपील गरे। जनसम्पर्क अभियान पश्चात ढुपुरियामा आयोजित महापुराणमा पनि उनले भाग लिए। आफू चुनाव प्रचार कार्यले उत्साहित रहेको बताउँदै उनले एक भिडियो सन्देशमार्फत भने, “सबैले उत्साह दिई नै रहेका छ्न्। व्यक्तिदेखि लिएर संघ संस्थासम्मका मानिसहरूलाई भेट गरिरहेको छु। चारै तर्फबाट सकरात्मक विचारहरू नै आईरहेको छ। आशा गर्छु राम्रो नै हुनेछ।”

लामा सँग जनसम्पर्क अभियानमा साथ रहेका बीजीपिएमका चुनाव संयोजक विन्नी शर्माले भने, “यसपालीको चुनाव महत्वपूर्ण अनि चुनौतीपूर्ण चुनाव रहेको छ। पहाड अनि समतल दुवै ठाउँबाट हामीले उत्साहपूर्ण सहयोग पाईरहेका छौं। समतलमा तृणमूलको उपलब्धि ठूलो सकरात्मक कुरा रहेको छ। लख्खि भण्डारबाट पाउने रू १००० रुपियाँ प्रति महिलाहरूले आभार प्रकट गरेका छन्। महिलाहरु धेरै प्रोत्साहित छन् समतलमा।”

आज साँझ मङ्गल माइतीमा युवा छात्रहरुसँग बैठक बस्ने लामाले बताएका छन्। आजको चुनाव प्रचार समय तृणमूल नेत्री पापीया घोषले पनि गोपाल लामाको निम्ति भोटको अपिल गर्दै भनिन्, “दिदीले नै हाम्रो क्षेत्रको विकास गर्नेछन्। हाम्रो भूमिपुत्र गोपाल लामाले नै क्षेत्रको निम्ति काम गर्नेछन्।”
गोपाल लामाको जीतमाथि आफू निश्चिन्त रहेको घोषले बताएकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement