केन्द्रीय बलका जवानहरुले गरे रुट मार्च

IMG-20240402-WA0189.jpg

निर्भय भएर भोट हाल्न जनतालाई गरे अपिल

मालदा: आगामी लोकसभा निर्वाचनको घोषणा भएसँगै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि विभिन्न ठाउँमा केन्द्रीय बल पुगेको छ। यससँगै विभिन्न ठाउँमा केन्द्रीय सेनाको रुट मार्च पनि शुरु भएको छ। सोही सन्दर्भमा मंगलबार बिहानैदेखि केन्द्रीय बलले पकुहाट क्षेत्रको खेरीपाडा, काशा, दिगलबार, बसरा मालीपाडालगायतका विभिन्न स्थानमा रुट मार्च गरेको थियो। केन्द्रीय बलसँगै बबङ्गोला पुलिस थानाका पुलिस अधिकृतहरुको समेत सहभागिता रहेको थियो।

पुलिस अधिकारीहरूले विभिन्न क्षेत्रका आम नागरिकसँग कुराकानी गर्दै सबैलाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *