गजल

Galaxy-1-copy

सत्य बोल्दा जोकर हुने  ठाउँ हो यो

झूट बोल्नेले शिखर छुने ठाउँ हो यो

पैसाले सबै पापहरू धुने ठाउँ हो यो

चाप्लुसी,चम्चागिरी खूबै फाप्छ यहाँ

प्रतिभाहरू व्यर्थमा कुहुने ठाउँ हो यो

भोटको बेला उफ्री उफ्री नाच्छन् सबै

पाँच वर्ष पछुतो गर्दै रूने ठाउँ हो यो

कामसाम मारो गोली जुम्लाबाजी गर

काम गर्ने होइन तर थुतुने ठाउँ हो योll

About Author

Advertisement