खेलमा फर्किन साथ ओलम्पिक कोटा हासिल गरिन् मीराबाई चानूले

IMG-20240401-WA0263.jpg

फुकेट (थाईल्याण्ड): टोक्यो ओलम्पिकमा रजत पदक विजयी भारतीय भारोत्तोलक मीराबाई चानूले सोमवार यहाँ आईडब्ल्यूएफ वर्ल्ड कपमा महिलाहरूकी ४९ किग्रा वर्गको ग्रुप बी-मा तेस्रो स्थानमा रहेर पेरिस ओलम्पिकमा आफ्नो स्थान सुनिश्चित गरिन्। चोटले गर्दा ६ महिनापछि खेलमा फर्किने चानूले जम्मा १८४ किग्रा (८१ किग्रा र १०३ किग्रा) भार उठाइन्। यो पेरिस ओलम्पिकको निम्ति अन्तिम अनि अनिवार्य क्वालीफायर टुर्नामेण्ट हो। आफ्नो स्पर्धा पूरा हुनको साथै चानूले पेरिस ओलम्पिकको निम्ति तय मानदण्ड पूरा गरिन्, जसमा दुईवटा अनिवार्य टुर्नामेण्ट र तीन अन्य क्वालीफायरमा हिस्सा लिनु सामेल छ। साल २०१७-की वर्ल्ड च्याम्पियन चानू वर्तमानमा महिलाहरूकी ४९ किग्रा ओलम्पिक क्वालीफिकेशन ऱ्याङकिंग (ओक्यूआर)-मा चीनकी जियान हुईहुआपछि दोस्रो स्थानमा रहेकी छन्।
क्वालीफाई गर्ने खेलाड़ीहरूका नामको आधिकारिक घोषणा वर्ल्ड कपको समापनपछि गरिनेछ, जब ओक्यूआर अपडेट गरिनेछ। प्रत्येक भार वर्गबाट शीर्ष १० भारोत्तोलकहरूले पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गर्नेछन्। चानूले यसअघि अन्तिमपल्ट गत वर्ष सेप्टेम्बरमा एशियन गेम्समा हिस्सा लिएकी थिइन्, जहाँ उनलाई चोट लागेको थियो। यसपाली उनले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सकिन् तर उनले पाँचपल्ट ओजन उठाउनमा कुनै गल्ती गरिनन्। स्न्याच अनि क्लीन एण्ड जर्कमा उनी आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको नजिक पनि पुग्न सकिनन्। यस २९ वर्षीय खेलाड़ीको स्न्याचमा व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन ८८ किग्रा रहेको छ जबकि उनले २०२१ एशियन च्याम्पियनशीपमा क्लीन एण्ड जर्कमा ११९ किग्रा ओजन उठाएर तत्कालीन वर्ल्ड रेकर्ड बनाएकी थिइन्। अहिले पनि चोटमुक्त भए पनि सर्वश्रेष्ठ फर्ममा रहेकी छैनन् अनि जुलाईसम्म उनी आफ्नो चरममा पुग्ने सम्भावना छ। चानू पेरिस ओलम्पिकमा हिस्सा लिने एकमात्र भारतीय हुनेछिन्। उनी आफ्नो तेस्रो ओलम्पिकमा हिस्सा लिने तयारीमा रहेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement