एसकेएम पार्टीबाट ३१ परिवार एसडीएफ पार्टीमा सामेल

IMG-20240401-WA0261.jpg

गान्तोक: पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत रिञ्चेनपोङमा आयोजित एसडीएफ पार्टीको चुनावी जनसभाका क्रममा ३१ परिवार एसकेएम त्यागेर एसडीएफमा विधिवत सामेल भएका छन्। सामेल हुनेहरूमा कामलिङबाट एसकेएम संस्थापक सदस्य देवेन थापा, रञ्जना मंगर, भानुभक्त मंगर, सन्तबहादुर मंगर, विवेक मंगर, सुन्तेका पूर्व पञ्चायत गणेश राई आदि सामेल छन्। एसडीएफ अध्यक्ष पवन चामलिङले सबैलाई स्वागत जनाउँदै सिक्किम बचाऔं अभियान जोडिएर राज्य र राज्यवासीको हीतमा काम गर्न आग्रह गरे। यसबीच एसडीएफ सरकारले सरकारी नोकरी र उच्च शिक्षामा महिलालाई पचास प्रतिशत आरक्षण सुनिश्चित गर्ने चामलिङको घोषणा पनि थियो। चामलिङले भनेअनुसार आउने सरकारमा महिलालाई नोकरी र उच्च शिक्षामा पचास प्रतिशत आरक्षण सुनिश्चित गर्नेछौं। आज दिउँसो पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत गेजिङ बर्मेक समष्टिका जनतालाई बोजे खेल मैदानमा सम्बोधन गर्दै चामलिङले यस्तो घोषणा गरेका हुन्। चामलिङले भने, पार्टीले यसपल्ट जिल्ला नेतृत्व, क्षेत्रका कार्यकर्ता अनि जनताको मागमा डा. टीका नेपाल जस्ता योग्य व्यक्तिलाई उम्मेदवार बनाएर पठाएको छ। मलाई विश्वास छ जनताले निश्चय नै डा. नेपाललाई विजय बनाउने छन्। उनले लोकसभा उम्मेदवार पीडी राईलाई एकजना अनुभवी नेता बताउँदै राज्यको हीतमा मतदान गरेर विजय बनाउन आग्रह गरे। चामलिङले 2026 –मा निर्वाचन क्षेत्रहरूको परिसीमाङ्कन हुने बताउँदै यसपालीको चुनाउ धेरै महत्वपूर्ण रहेको अवगत गराए। उनले 2026 लिम्बू-तामाङको सीट आरक्षण सुनिश्चित गर्ने वचन दिए। उनले लिम्बू तामाङलाई जनजाति बनाएपछि एसडीएफ सरकारले सिट आरक्षण दिलाउन केन्द्र सरकारलाई सैद्धान्तिक रूपमा मनाएको भए तापनि एसकेएमका नेताहरू कुङ्गा निमा लेप्चा र सोनाम लामाले बाधा सिर्जना गरेको जानकारी दिए। यसका साथै वर्तमान मुख्यमन्त्रीले आफ्नो मान्छे लगाएर केस गरेपछि उक्त मुदा न्यायायलयमा विचाराधीन रहेको बताए। चामलिङले गेजिङ बर्मेकका जनतालाई वचन दिँदै भने, यस क्षेत्रको विकासका लागि जनताको घोषणापत्रका आधारमा हामी काम गर्नेछौं। जनताका मागहरू एक एक गरेर पूरा गर्नेछौं। यस क्षेत्रलाई राज्यकै सबैभन्दा विकसित क्षेत्र बनाउन जनताको सहभागिता पनि चाहिन्छ भन्दै उनले जनतालाई एसडीएफलाई जिताउन आग्रह गरे।

आफ्नो सम्बोधनमा गेजिङ बर्मेकका एसडीएफ उम्मेदवार डा. टीका नेपालले सडक मार्गको सही व्यवस्था

पन गरेर गेजिङ बर्मेक क्षेत्रलाई पर्यटन उद्योगसित जोड्ने आफ्नो योजना रहेको बताए। उनले आयुर्वेदिक फार्मा कम्पनी स्थापना गर्ने, जैविक अभियानलाई अझ प्रभावकारी बनाएर जैविक व्यवसायलाई विश्व बजारसित जोड्ने, युवाहरूलाई विभिन्न विषयमा प्रशिक्षण गराएर रोजगार सिर्जना गराउने, डिजिटल भिलेजको निर्माण गर्ने, हर्बल पर्यटनको विकास गर्ने, एसडीएफ सरकारकालमा निर्माण भएका पूर्वाधारहरूको संरक्षण र विकास गर्ने जस्ता कार्यक्रम तयार गरेको बताए। सभालाई एसडीएफ पार्टीका लोकसभा उम्मेदवार पीडी राईले पनि सम्बोधन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement