मार्चमा ५० प्रतिशतभन्दा धेरै भारतीय पर्यटक आए
काठमाडौं: नेपाल पर्यटन बोर्डले मार्च महिनामा नेपाल घुम्न आएका पर्यटकहरूको आंकडा सार्वजनिक गरेको छ। मार्च महिनामा नेपाल घुम्न आउने पर्यटकहरूको संख्यामा ५० प्रतिशतभन्दा धेरै भारतीय पर्यटकहरू रहेका छन्।
नेपाल आउने पर्यटकहरूको संख्या हरेक महिना लगातार वृद्धि भइरहेकाले पर्यटक बोर्ड पनि निकै उत्साहित छ।नेपाल पर्यटन बोर्डकी सदस्य सचिव मिस्टिका देवकोटाले भनिन्, मार्चको महिनामा नेपाल आउने पर्यटकहरूको संख्या १ लाख २८ हजार १६७ रहेको छ। यसमा सर्वाधिक भारतबाट आउने पर्यटकहरूको संख्या ५० प्रतिशत रहेको छ। भारतबाट ६५ हजारभन्दा धेरै पर्यटक विमानको माध्यमद्वारा मार्च महिनामा नेपाल आए। पर्यटन बोर्ड अनुसार, खुल्ला सीमा भएका कारण सडक मार्गबाट भारतीय नेपालमा घुम्न आउँछन्, जसको सदैव रेकर्ड राख्न सम्भव हुँदैन। देवकोटाले भनिन्, दोस्रो नम्बरमा चीन रहेको छ, जहाँबाट १२ प्रतिशत पर्यटक नेपाल आए। आंकडा अनुसार, चीनबाट १२०९३, अमेरिकाबाट १०७७३ यूकेबाट ७२४१, श्रीलंकाबाट ५७४१, जर्मनीबाट ५२५५, थाइल्याण्डबाट ४३४५ फ्रान्सबाट ३२४०, म्यानमारबाट ३१३१ पर्यटक नेपाल घुम्न आएका छन्। जनवरीमा लगभग ८० हजार र फरवरीमा ९७ हजार पर्यटक नेपाल आएका थिए।









