त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक लाग्यो

IMG-20240401-WA0001

झापा, भद्रपुर (नेपाल): त्रिभुवन  इन्टरनेशनल एयरपोर्टको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ। उडान भने निरन्तर हुनेछ। अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुनेछ। जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुने बताइएको छ। काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी दिए। यसबाट पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन्। यस्तो रोक अनुमानित तीन महिनाका निम्ति भएको तिवारीले बताएको छ।

उनका अनुसार उत्तरतर्फको काम सकिएपछि दक्षिणतर्फ यसैगरी निर्माणको काम हुनेछ। विमानस्थलको क्षमता अभिवृद्धिका निम्ति यो निर्माण गर्न लागिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा सन् २०१०-२०२८ मा त्रिभुवन इन्टरनेशनल एयरपोर्टको पूर्वाधार सुधारका निम्ति मास्टर प्लान तयार गरेर विभिन्न काम गर्दै आएको छ। एडीबीले सन् २००९ देखि नै मास्टर प्लान अनुरूप हवाई यातायात क्षमता अभिवृद्धि आयोजना (एटीसीईपी) मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको प्रारम्भिक चरणमा सहयोग गर्दै आएको छ। एटीसीईपीको आयोजना क्षेत्रमा धावन मार्गलाई ट्याक्सी वेका रूपमा उपयोग घटाउन समानान्तर ट्याक्सी वेको उत्तरी भागलाई विस्तार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढी विमानहरू राख्न यात्रु चढाउन/ओराल्न र सामान राख्न/झिक्नका निम्ति जहाज रोक्ने क्षेत्र (अप्रोन एरिया) विस्तार गर्ने र धावन मार्गको दक्षिणी भागमा ३०० मिटर धावन मार्ग विस्तार गर्ने लगायत काम छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement