अरविन्द केजरीवाललाई १५ दिनकाे  न्यायिक हिरासत

ed-2_1711622495.jpg

नयाँ दिल्ली: दिल्लीको राउज एभेन्यू कोर्टकी स्पेशल जज कावेरी बावेजाले दिल्ली आबकारी घोटाला मामिलामा पक्रा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आगामी १५ अप्रेलसम्मको लागि न्यायिक हिरासतमा पठाइदिएकी छन्।

आज सुनवाई अवधि ईडीद्वारा पेश एएसजी एसवी राजूले भने, केजरीवालले जाँचमा सहयोग गरिरहेका छैनन्। उनले आफ्नो फोनको पासवर्ड बताएका छैनन्।

राजूले भने, केजरीवाल जाँचलाई दिग्भ्रमित बनाउन चाहन्छन्। जाँचबुझमा केजरीवालले भने, विजय नायरले हामीलाई रिपोर्ट गर्दैन थिए, अतिशीलाई गर्थे। तब कोर्टले प्रश्न गऱ्यो, यी तर्कहरूको आधारमा तपाईले हिरासतको माग कसरी गर्न सक्नुहुन्छ?

पेशी अवधि केजरीवालको पक्षबाट पेश वकिल रमेश गुप्ताले न्यायिक हिरासत अवधि भागवत गीता, रामायण तथा हाऊ प्राइम मिनिस्टर्स डिसाइड नामक पुस्तक पढ़ने अनुमति दिने माग गरे। उनले माग गरे, न्यायिक हिरासत अवधि केजरीवाललाई विशेष भोजन तथा ज लमा कुर्सी र मेज उपलब्ध गराइयोस्।

सुनवाई अवधि कोर्टमा केजरीवालसित सौरभ भारद्वाज र अतिशिले पनि भेट गरे। सुनवाईमा केही आप नेताहरू पनि उपस्थित थिए। आज केजरीवालको ईडी हिरासत समाप्त भइरहेको थियो त्यसैले आज उनलाई कोर्टमा पेश गरियो।

दिल्ली हाई कोर्टबाट गत २१ मार्चमा अरविन्द केजरीवाललाई पक्राउदेखि संरक्षण प्राप्त नभएपछि ईडीले २१ मार्चकै साँझ अरविन्द केजरीवाललाई जाँचबुझ गरेपछि पक्राउ गरेको थियो। यसरी नै गत २७ मार्चमा हाईकोर्टले पनि केजरीवाललाई राहत दिन अस्वीकार गरेको थियो। हाईकोर्टले गत २८ मार्चमा केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउने याचिकालाई खारेज गरिदिएको थियो।

About Author

Advertisement