डा. सीबी छेत्रीले गरे ‘आई एम अवेलेबल’ कार्यक्रमको घोषणा

00-1-Rajya-Samachar-5

गान्तोक: एसडीएफ पार्टीको अप्पर तादोङ निर्वाचन क्षेत्रका उम्मेदवार डा. सीबी छेत्रीले ‘आई एम अवेलेबल’ कार्यक्रमको घोषणा गरेका छन्। तादोङस्थित स्थानीय एउटा होटलमा आज आयोजित एक पत्रकार सम्मेलनमा उनले उक्त कार्यक्रमको घोषणा गरे।

उनले यस कार्यक्रमको मुख्य उद्देश्य वर्तमान प्रविधि सञ्चालित प्रशासन सुनिश्चित गर्नु रहेको बताएका छन्।

एसडीएफ उम्मेदवार छेत्रीले आगामी लोकसभा र विधानसभा चुनाउहरूमा एसडीएफको जित निश्चित रहेको तथा एसडीएफले सरकार गठन गर्ने दाबी गरे। एसडीएफले सरकार गठन गरेपछि यस कार्यक्रमको शुरूवात तादोङबाट गर्दै विस्तारै राज्यभरि लागू गर्ने योजना रहेको उनले बताए। यस कार्यक्रम अन्तर्गत वेबसाइट, एप र वाट्सएपको माध्यमद्वारा मानिसहरूले आफ्ना उम्मेदवारसॅंग सहजै सम्पर्क गर्न सक्ने उनले बताए।

उनले बताए अनुसार, चुनाउ जितेपछि जनप्रतिनिधिहरूलाई भेट्न निकै गाह्रो हुन्छ। तर, यस कार्यक्रमको माध्यमद्वारा मानिसहरूले केवल एक वाट्सएप म्यासेजको माध्यमद्वारा सहजै भेट गर्न सक्नेछन्। यस अतिरिक्त, जनप्रतिनिधि समक्ष आफ्ना गुनासोहरू पनि राख्न सक्नेछन्। यस सुविधाले जनसाधारणको समय पनि बचत हुने उनले अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement