भोट हत्याउने प्रयासमा उडन्ते वाचाहरू यसरी गर्नु प्रजातान्त्रिक ढाँचाको निम्ति ठूलो खतरा: योगेन तामाङ

n5966122181711988964273cc6c37b28f0a0217f13fad66a5215abc7073f8f7eb12b5c501ff97fdbec29db5.jpg

गान्तोक: एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले रिन्चेनपोङमा अन्तरराष्ट्रिय गुरुङ सांस्कृतिक र सम्पदा केन्द्र निर्माण गर्ने जुन घोषणा गरेका छन् त्यसको धरातलीय वास्तविकतालाई नजिकबाट हेर्न आवश्यक देखिएको एसकेएम पार्टीले बताएको छ।

एसकेएम प्रवक्ता योगेन तामाङले आज जारी एक प्रेस विज्ञप्तिमा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने कुरा ठूलो आकांक्षा हो, तर भोट हत्याउने प्रयासमा यदि उडन्ते वाचाहरू यसरी गरिन्छ भने त्यो प्रजातान्त्रिक ढाँचाको निम्ति ठूलो खतरा रहेको बताएका छन्।

उनले भनेका छन्, ‘रोधी घर’ गुरुङ समुदायको समृद्ध सम्पदा र परम्पराको प्रमाण हो। एसकेएम अध्यक्ष प्रेमसिंह तामाङले र एसकेएम सरकारको दूरदर्शी नेतृत्वमा यसको निर्माण भइसकेको छ। यो सांस्कृतिक स्थल समर्पित प्रयास र महत्त्वपूर्ण लगानीको प्रतीकको रूपमा उभिएको छ।

एसकेएम पार्टीले कहिल्यै चुनावी स्टन्टको निम्ति यसलाई प्रयोग नगरेको र गर्ने पनि छैन भनी उनले विज्ञप्तिमा दाबी गरेका छन्। उनले उज्यालो भविष्यको खोजीमा नेताहरूलाई महत्वाकाङ्क्षी मात्र नभई वास्तविकतामा आधारित र सबै समुदायको हितको सेवा गर्ने निष्कपट इच्छाबाट प्रेरित राजनीतिमा संलग्न हुन आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement