आईपीएल टीमहरूसँग बीसीसीआईको अनौपचारिक बैठक १६ अप्रेलमा

IMG-20240401-WA0242.jpg

नयाँ दिल्ली: भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) -ले १६ अप्रेलको दिन अहमदाबादमा अनौपचारिक बैठकको निम्ति १० आईपीएल टीमहरूका मालिकहरूलाई आमन्त्रित गरेको छ। बैठकमा फ्रेञ्चाइजीको निम्ति लिलामी राशिमा सम्भावित बढ़ोत्तरी र खेलाड़ीहरूलाई टीममा कायम राख्नेबारे चर्चा हुने सम्भावना छ। बैठक नरेन्द्र मोदी स्टेडियममा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच म्याच अघि हुनेछ। बीसीसीआइ सूत्रबाट थाहालागे अनुसार, आईपीएल मालिकहरूलाई अनौपचारिक बैठकको निम्ति आमन्त्रित गरिएको छ। बैठकको कुनै निर्धारित एजेण्डा छैन। त्यस समय आईपीएलको दोस्रो महिना चलिरहेको हुनाले सबै हितधारकहरूका निम्ति एकसाथ आउने असल समय हुनेछ। बैठकमा यस सालको अन्तमा हुने मेगा लिलामीलाई लिएर चर्चा पनि हुनसक्छ। यसमा खेलाड़ीहरूलाई आफ्नो टीममा कायम राख्ने अनि लिलामी रकममा सम्भावित वृद्धिको मुद्दामाथि बातचीत हुनसक्छ। फ्रेञ्चाइजीहरूको ब्राण्ड भ्याल्यू बढ़ेको हुनाले उनीहरूको खर्च राशिमा भारी बढ़ोत्तरी गरिने सम्भावना छ। यस्तो भए धेरैजना खेलाड़ीले लिलामीमा २० करोड़ रुपियाँको आँकड़ालाई पार गर्ने सम्भावना छ। अहिले प्रत्येक आईपीएल टीमले खेलाड़ीहरूमाथि १०० करोड़ रुपियाँ खर्च गर्न सक्छ। बैठकमा बीसीसीआई सचिव जय शाह, अध्यक्ष रोजर बिन्नी र आईपीएल चेयरम्यान अरुण धुमल सामेल हुनेछन्। वर्तमान समयमा टीमहरूलाई प्रत्येक लिलामी अघि आफ्ना चारजना खेलाड़ीलाई कायम राख्ने (रिटेन) अनुमति छ। आईपीएलको आउँदो मेगा लिलामी लीगको २०२५ सत्र अघि हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement