कोलकाता: इण्डियन मेट्रोलोजिकल डिपार्टमेन्ट (आईएमडी)ले सोमबार दक्षिण बंगालको लागि १ अप्रेलदेखि ५ अप्रेलसम्म हिट वेभको सतर्कता जारी गरेको छ। ‘मुख्य रूपमा सुख्खा पश्चिमी वायुको कारणले गर्दा, १ अप्रेलदेखि ५ अप्रेलसम्म दक्षिण बंगालका जिल्लाहरूमा हिट वेभको अवस्था/अर्थात गर्मीको लहर र असहज मौसमको सम्भावना छ’, आईएमडी कोलकाताले भन्यो। आईएमडीका अनुसार आउँदो ३ दिनमा दक्षिण बंगालका जिल्लाहरूमा दिनको तापक्रम (अधिकतम तापक्रम) २–४ डिग्री सेल्सियसले बढ्ने र अधिकतम तापक्रम सामान्यभन्दा ४–५ डिग्री सेल्सियसले बढी रहने छ। आईएमडीले अप्रेल ३ देखि ५ सम्म दक्षिण बंगालका पश्चिमी जिल्लाहरु रहेको बताएको छ।
अप्रेल १ र २ मा दक्षिण बंगालका जिल्लाहरूमा आर्द्र र असहज मौसमको सम्भावना रहेको छ। आईएमडीले अप्रेल ३ देखि ५ सम्म दक्षिण बंगालको पुरुलिया, बाँकुरा, पश्चिम बर्दवान, पश्चिम मिदनापुर र झारग्राम जिल्लाहरूमा एक वा दुई स्थानमा हिट वेभको अवस्था रहने सम्भावना रहेको बताएको छ। आईएमडीका अनुसार हिट वेभ हावाको तापक्रमको अवस्था हो जुन मानव शरीरको लागि जोखिममा पर्दा घातक हुन्छ। परिमाणात्मक रूपमा, यो क्षेत्रको वास्तविक तापमान वा सामान्यबाट यसको विचलनको सन्दर्भमा तापमान दायराको आधारमा परिभाषित गरिएको छ। केही देशहरूमा, यसलाई तापक्रम र आर्द्रताको आधारमा वा तापक्रमको चरम प्रतिशतको रूपमा तापक्रम सूचकांकको रूपमा परिभाषित गरिएको छ। आईएमडीका अनुसार यदि कुनै स्टेशनको अधिकतम तापक्रम मैदानमा कम्तिमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी र पहाडी क्षेत्रका लागि कम्तीमा ३० डिग्री वा सोभन्दा बढी पुग्यो भने त्यसलाई हिट वेभ मानिन्छ।









