गोरानासं दार्जीलिङ ब्राञ्चले राजु बिष्टलाई भारी मतले जिताउन मैदानमा उत्रिने निर्णय

IMG-20240401-WA0228.jpg

दार्जिलिङ: गोर्खा राष्ट्रिय नारी संगठन दार्जीलिङ ब्राञ्च कमिटीले सांसद राजु बिष्टलाई जिताउनको निम्ति रणनीति तय गर्न केन्द्रीय कार्यालय दार्जीलिङमा गोरामुमो केन्द्रीय समिति अध्यक्ष मन घिसिङको अध्यक्षतामा चुनावी सभा बस्यो। केन्द्रीय समिति सदस्य मणिकला तामाङको उपस्थितिमा ब्राञ्च कमिटी अन्तर्गत चौधवटा समष्टिका प्रतिनिधिवर्ग उपस्थित रहेको सभामा अध्यक्ष मन घिसिङद्वारा गोरानासंले चुनावको समय निभाउनु पर्ने भूमिकामाथि प्रकाश पार्दै अब गोरानासंले जनतामाझ गएर प्रचार प्रसार गर्नु पर्ने निर्देशन दिएका छन्। सभामा रणनीतिबारे व्यापक छलफल गर्दै मुद्दालाई पार लगाउन राजु बिष्टलाई भारी मतले जिताउनु पर्ने प्रस्ताव पारित गरेको जानकारी प्राप्त भएको छ।

सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोरानासं दार्जिलिङ ब्राञ्च कमिटी उपाध्यक्षा मन्दिरा राईले भने, पार्टी अध्यक्ष मन घिसिङसंग बसेको सभामा प्रचार प्रसार सम्बन्धि व्यापक छलफल गर्दै रणनीतिहरु तय गरेका छौं। राजु विष्टलाई जिताउन अब हामी मैदानमा उत्रिने छौं। प्रश्न यहाँ राजु बिष्टलाई जिताउने होइन तर गोर्खा जातिको मुद्दा पार लगाउनु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरुको समस्याको समाधान नजिक रहेको वक्तव्यले प्रष्ट पारेको छ कि गोरामुमो अध्यक्ष मन घिसिङले गोर्खा जातिको न्यायको निम्ति कार्य गरिसकेको प्रमाण हो।

गोरामुमोले नाला झोडाको राजनीति गरेको छैन जातिको भूमिको सुरक्षा हेतु निरन्तर लागि परेका छन्। प्रथमतः हामीले हाम्रो घर जग्गा जमिनको सुरक्षा गर्नु पर्छ। हाम्रो लडाई भनेको गोर्खाको भुमिको सुरक्षा हेतु हो। भूमि सुरक्षाको लडाईमा सम्पुर्ण गोर्खाहरु एक भएर अगि आउनु पर्छ भारत सरकारले हामी न्याय दिन्छ दिनु पर्छ। यसकारण राजु बिष्टलाई जिताउनु भनेको हाम्रो मुद्दा पार लगाउनुको निम्ति एउटा ठूलो बलियो पुल बनाउनु हो भनी मन्दिरा राईले आफ्नो सम्बोधनको क्रममा भने। यसै क्रममा गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवलको नेतृत्वमा चौध वटा समष्टिका प्रतिनिधि बर्गले अध्यक्ष मन घिसिङ संग भेटघाट गरि चुनावी रणनीति तय गरेको सुरज कटुवलले थप जानकारी दिएका छन्।

About Author

Advertisement