जलपाईगढी आँधी-तुफान: भाजपा नेता शुभेन्दु अधिकारीको बयान

IMG-20240401-WA0148

सिलगढी: आँधी-तुफानले जलपाईगढीमा ठूलो क्षति पुर्याएको छ, ५ जनाको मृत्यु भएको छ भने धरै घाइते भएका छन्। धेरै परिवारले आफन्त गुमाएका छन्, तर त्यसका बाबजुद पनि नेताहरूले राजनीति गरिरहेका छन् राज्यका विपक्षी दलका नेता सुभेन्दु अधिकारीले राहत र उद्धार कार्यमा प्रश्न उठाउँदै जलपाईगढीमा आँधी-तुफानबाट प्रभावितलाई सहयोग कम र फोटो सेसन बढी भइरहेको बताए। यस घटनाको खबर पाएपछि मुख्यमन्त्री ममता ब्यानर्जी आइतबार राति विशेष विमानबाट उत्तर बंगाल पुगिन्। तुफानले क्षतिग्रस्त जलपाईगढीको मुख्यमन्त्रीको भ्रमणलाई लिएर चर्को राजनीतिक हलचल भएको छ। राति मुख्यमन्त्री ममता ब्यानर्जीको आगमनको बारेमा राज्यका भाजपा नेता सुभेन्दु अधिकारीले चर्को आलोचना गरेका छन्। उनले भने, ‘राति जानु आवश्यकता थिएन। मालबजारमा नदीमा एक्कासी बाढी आएपछि मुख्यमन्त्रीले २१ दिनसम्म बाढी आएको बताइन्। अहिले चुनाव छ, त्यसैले उनी विशेष विमानबाट आएकी हुन्, आज पनि आउन सकिन्थ्योl उनले राज्यको मौसम विभागमाथि प्रश्न उठाउँदै गरे, ‘प्राकृतिक प्रकोपबारे जानकारी किन नदिइएको?’ सुभेन्दु अधिकारीले सोमबार मुख्यमन्त्रीलाई यसरी आलोचना गरेका छन्l

About Author

Advertisement