जंक्शन बस स्ट्यान्डमा दिउँसै लुटपाट

Capture.jpg

यात्रुको हातबाट मोबाइल खोसेर लुटेरा फरार

सिलगढी: सिलगढी जंक्शन एनबीएसटीसी बस स्ट्यान्ड यात्रुहरूका लागि सुरक्षित छैन। बसबाट ओर्लने बित्तिकै यात्रु लुट्ने घटना घट्दै गएकाले बसपार्कमा यात्रुको सुरक्षामा प्रश्न उठ्ने गरेको छ। आज बिहान कोचबिहार निवासी डोली दास नेपालबाट आमाको आँखाको शल्यक्रिया गराएर एनबीएसटीसी बसमा सिलगढी फर्किएको जानकारी प्राप्त भएको छ। जंक्शन बस स्ट्यान्डमा ओर्लने क्रममा लुटेराले डोली दासको मोबाइल खोसेर फरार भएका थिए। यसपछि डोली दासले सिलगढी पुलिस थानामा उजुरी दिएकी थिइन्। यस सम्बन्धमा डोली दासले आफू कोचबिहारकी बासिन्दा भएको बताइन्। उनको आमाको घर फुलबारीमा छ। आमाको आँखामा समस्या थियो। त्यसैले उनी आमाको आँखाको शल्यक्रिया गराउन नेपाल गएकी थिइन्। आज नेपालबाट फर्किने क्रममा जंक्शन बस स्टेन्डमा बसबाट ओर्लने क्रममा उनको मोबाइल खोसिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *