अलिपुरद्वारमा पनि आँधीले ठूलो विनाश

IMG-20240401-WA0152.jpg

अलिपुरद्वार: जलपाईगुडीसँगै अलिपुरद्वार जिल्लाका विभिन्न क्षेत्रमा हिजो आएको आँधीले ठूलो क्षति पुर्याएको छ। अलिपुरद्वार जिल्लाका विभिन्न क्षेत्रका कच्चा घरहरू ध्वस्त भएका छन्। धेरै घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन्। धेरै किसानको बाली नष्ट भएको छ। धेरै ठाउँमा मकैबाली पूर्ण रुपमा नष्ट भएको छ।

घर भत्किएपछि अहिले धेरै मानिस घरबारविहीन भएका छन्। अब कहाँ जाने र के गर्ने भन्ने चिन्ता जनतामा छ। अहिले सयौं बासिन्दा घरबारविहीन छन्। धेरैले हिजोदेखि खाना पनि खाएका छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement