पश्चिम बङ्गालमा ९ मन्त्रीले लिए शपथ  

West-Bengal-Assemby

कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सरकारको मन्त्री परिषदमा ठूलो फेरबदल गरेकी छिन्। बुधबार ९ मन्त्रीले सपथ लिएका छन्। नयाँ मन्त्री परिषदमा ५ क्याबिनेट, २ स्वतन्त्र प्रभार र २ राज्यमन्त्री बनाइएको छ। बाबुल सुप्रियो र पार्थ भौमिकले क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। बुधबार मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सरकारमा ठूलो फेरबदल गरे र नयाँ मन्त्री परिषद गठन गरिन्।

क्याबिनेट मन्त्रीको शपथ लिनेमा बाबुल सुप्रियो, स्नेहाशिष चक्रवर्ती, पार्थ भौमिकी, उदयन गुहा र प्रदीप मजुमदार छन्। स्वतन्त्र जिम्मेवारी पाएका मन्त्रीहरु वीरबाह हंसदा र विप्लव राय चौधरीले शपथ लिएका छन्। त्यसैगरी तजमुल हुसेन र सत्यजित बर्मनलाई राज्यमन्त्री बनाइएको छ। उल्लेखनीय छ, शिक्षक घोटाला प्रकरणमा वरिष्ठ मन्त्री पार्थ च्याटर्जीलाई प्रवर्तन निदेशालय (ईडी) द्वारा पक्राउ गरेपछि पश्चिम बङ्गालको राजनीति चर्किएको छ। क्याबिनेट मन्त्रीको शपथ लिनेहरूमध्ये बाबुल सुप्रियो चर्चित हुन्। सुप्रियो पूर्व केन्द्रीय मन्त्री हुन्। गत वर्ष उनी भाजपा छोडेर टीएमसीमा सामेल भएका हुन्। उनी अहिले कोलकाताको बल्लीगञ्ज विधानसभा क्षेत्रबाट सत्तारुढ पार्टीका विधायक हुन्।

About Author

Advertisement